नेपाल बैंकले २ अर्ब ५१ कोड नाफा कमायो



काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ५१ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । गत बर्ष सोहि अबधिको भन्दा यो ५३.१४ प्रतिशतले बढि हो । गत बर्ष बैंकको नाफा १ अर्ब ६४ करोड रुपैंयाँ थियो ।

बैंकले ब्याज आम्दानी पनि ४०.०९ प्रतिशतले बढाएर ४ अर्ब ७ करोड रुपैंयाँ पुर्याएको छ । गत बर्ष ब्याज आम्दानी २ अर्ब ९० करोड रुपैंयाँ थियो ।

बैंकले तेस्रो त्रैमाससम्म आइपुग्दा ८३ अर्ब ९५ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ भने ७४ अर्ब २० करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ ।

खराब कर्जाको सन्दर्भमा पनि बैंकले ३.६७ प्रतिशतबाट २.८५ प्रतिशतमा झारेको छ ।

गत बर्षको तुलनामा बैंकको चुक्ता पूँजी १५.३८ प्रतिशतले बढेको छ । हाल बैंको चुक्ता पूँजी ७ अर्ब ४५ करोड रुपैंयाँ छ ।

प्रति सेयर आम्दानी ४४. ९७ रुपैंयाँ भएको बैंकको जगेडाकोषमा ९४ करोड ९० लाख रुपैंयाँ छ ।


पुष्प दुलाल