स्टान्डर्ड चाटर्डको एफपिओ बाँडफाँट, कति आवेदन दिनेलाई कति पर्यो ?



काठमाडौं । केही दिनको अन्योल पछि अन्तत स्ट्यान्डर्ड चार्टड बैंकको एफपिओ बाँडफाँड भएको छ ।

एफपिओमा १ सय ४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । यसको मतलब १ सय ४० कित्तासम्म आवेदन दिनेले या त १० कित्ता सेयर पाए वा खाली हात भए ।

यसैगरी १ सय ५० कित्ताभन्दा माथि आवेदन दिनेले ६.३८ प्रतिशतको दरले सेयर पाएका छन् । यस अनुसार १७० कित्ता सेयर आवेदन गर्नेले ११ कित्ता सेयर पाएका छन् ।

सबैभन्दा बढी २५ हजार ५ सय ८० कित्ता आवेदन दिनेले १६ सय ३० कित्ता सेयर पाएका छन् । क्यापिटलका अनुसार ९९ जना आवेदकले १६३० कित्ता सेयर पाएका छन् ।

चार्टरर्डको एफपिओमा कुल २ लाख २१ हजार ६ सय १३ जनाले आवेदन दिएका थिए ।

कम्पनीले २५ लाख ५८ हजार कित्ता एफपिओ सेयर निष्काशन गरेको थियो जसमा ११.४ गुणा बढि आवेदन परेको थियो ।


पुष्प दुलाल