पिन नम्बर डायल गर्ने चिन्ता छाड्नुहोस्, फोटो खिचेरै मोवाइलमा यसरी गर्न सकिन्छ रिचार्ज




काठमाडौं । के तपाईंलाई रिचार्ज कार्डको पिन नम्बर थिच्न झन्झट लाग्छ । पिन नम्बर थिच्नु नपरे हुन्थ्यो भन्ने सोचिरहनु भएको छ । छ भने तपाईंको इच्छा पूरा हुने भएको छ ।

अब फोटो खिचेर मोबाइल रिर्चाज गर्न सकिने भएको छ । त्यसका लागि तपाईंले रिर्चाज एप्स डाउनलोड गर्नु पर्नेछ । एप्सको सहयोगमा तपाईंले आफ्नो मोबाइलमा रिर्चाज गर्न सक्नुहुने छ ।

फोटो खिचेर कसरी रिर्चाज हुन्छ ?

स्मार्ट फोनमा रहेको प्लेस्टोरमा उपलब्ध कुनै एक रिर्चाज एप्स डाउनलोड गरेर फोनमा राख्नुहोस् । फोनमा एप्स राखिसकेपछि रिर्चाज कार्डको कालो भागले छोपिएको नम्बर प्रस्ट देखिने गरि कोर्नुहोस् ।

त्यसपछि एप्समा रहेको रिर्चाज अपसनलाई क्लिक गरिसकेपछि क्यामरा खुल्छ । क्यामराले रिर्चाजमा रहेको पिन नम्बरलाई स्क्यान गरेर मोबाइलमा देखाउँछ । त्यो देखिएको पिन नम्बर जुन सेवा प्रदायकको हो त्यसलाई छनोट गरिएमा मोबाइल रिर्चाज हुनेछ ।

रिचार्ज गर्ने यो प्रविधि अपनाउँदा रिचार्ज कार्डको पिन नम्बर बिर्सिएँ कि भन्ने झन्झटबाट तपाईं पूर्णरुपमा मुक्त हुनु हुनेछ । साथै, रिचार्ज गर्न लाग्ने समयको पनि बचत हुनेछ ।

यी हुन् बजारमा उपलब्ध रिर्चाज एप्स

सजिलो रिर्चाज
एनटीसी एनसेल स्क्यान टु रिर्चाज
इजी मोबाइल रिर्चाज
रिर्जाज एप्स
क्विक रिर्चाजलगायत ।


पुष्प दुलाल