फेसन सस्तो बजारको अफरः ३५ सय रुपैयाँमा सुटपाइन्ट



काठमाडौं । उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको फेसन सस्तो बजारले ग्राहकलक्षित नयाँ योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अवधिभर ग्राहकले ३५ सय रुपैयाँमै सुटपाइन्ट किन्न सक्ने बजारका सञ्चालक सुरेश लामिछानेले बताए । ग्राहकले ४५ सय रुपैयाँको एक जोर सुट किन्दा १००० रुपैयाँ तत्कालै नगद उपहार दिने उनले जानकारी दिए ।

‘अरु बजारहरुमा ८/९ हजार रुपैयाँ पर्ने सुटपाइन्टलाई हामीले ३५ सय रुपैयाँमै उपलब्ध गराउँछौं,’ लामिछानेले भने,- ‘बैशाख १५ देखि सुरु गरिएको यो योजना आगामी जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।’

सुट भन्नेवित्तिकै महंगो पर्छ भन्ने मानसिकता तोड्न आफूहरुले अत्यन्तै सुफत मूल्यमा उपलब्ध गराएको उनको भनाई थियो ।

धरहराको ठीक पछाडि ताहा गल्लीमा रहेको यो बजार गत दशैंदेखि आंसिकरुपमा सञ्चालनमा आएको थियो ।

बजारमा हरेक सामानहरु अत्यन्तै सुफत मूल्यमा पाइने अर्का सञ्चालक भेषराज पौडेलले बताए ।

‘हाम्रो उद्देश्य नै सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु हो,’ पौडेलले भने,- ‘एकपटक यो बजारमा आएर सामान किनेको ग्राहक फेरि अर्को बजारमा जाँदैन ।’

५ करोड रुपैयाँको लगानीमा सञ्चालमा आएको यो बजारमा ३९ वटा सटर छन् । एक सटरमा एउटामात्रै आइटम राखिएको छ । बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामानहरु चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा शैलुन छ ।

‘अहिलेसम्म नेपालमा यस्ता किसिमका बजारहरु खुलेका छैनन्, धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्राण्डेड सामानमात्रै बेच्ने’ हाम्रो उद्देश्य हो,’ पौडेलले भने ।

बाहिरको मुल्यभन्दा आइटम हेरेर ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान बिक्री÷वितरण गर्ने र बजारले गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न खोजेको सञ्चालकद्धयको भनाई छ ।

नो वार्गेनिङ, न त ठगिने डर

‘तपाईले खोजेजस्तो चाहेको वस्तु तपाइको बजेटमा पाउन सक्नु हुनेछ,’ लामिछानेले भने,– ‘न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त ठगिने डर, फिक्स प्राइजमा सामान पाउन सक्नुहुनेछ ।’

त्यतिमात्र हैन बजारमा हरेक किसिमका ब्राण्डेड कपडाहरु सोचेभन्दा निकै सस्तोमा पाइने उनले दाबी गरे ।

यो बजार काठमाडौंकै सबैभन्दा सस्तो बजार भएपनि कतिपय ग्राहकलाई यस बारेमा जानकारी नहुँदा पुग्न नसकेको उनले बताए ।

‘तर अहिले यो बजारमा उपभोक्ताको भिड लाग्न थालेको छ,’ उनले भने ।

के भन्छन् ग्राहक ?

हामीले यो बजार तपाईलाई कस्तो लाग्यो र किन आउनु भएको भनेर ग्राहकहरुलाई सोधेका थियौं, उनीहरुले यस्तो जवाफ दिए ।

यो बजारमा पहिलो चोटी आउँदा महँगो होला कि जस्तो लागेको तर त्यो सोचाइ गलत भएको ग्राहक रमन पराजुलीले बताए ।

‘जे होस् एकपटक हेरौं न भनेर आएँ तर मैले सोचेको भन्दा पनि धेरै सस्तोमा यहाँ सामान पाएँ । र, म अहिले जे सामान चाहिए पनि निरन्तर यहाँ आउने गरेको छ’ पराजुलीले भने ।

सस्तो बजारमा कस्मेटिक, फेन्सी सामान मात्र होइन अरु धेरै ब्राण्डका सामाग्रीहरु राम्रो र सस्तो मूल्यमा पाइने लक्ष्मी लामिछानेले बताइन् ।

लामिछानेका अनुसार जुन सामाग्री बाहिर दोब्बर पर्छ । यो बजार समग्रमा राजधानिमा बस्ने युवायुवती देखि बच्चासम्मको लागि उपयुक्त बजार भएको उनको ठहर छ ।


पुष्प दुलाल