नयाँ बाफियासँगै ४ सांसदले बैंकको अध्यक्ष छाडे



काठमाडौं । माछापुचछ्रे बैंकको अध्यक्ष बीरेन्द्र महतोले राजिनामा दिएका छन् । सांसदसमेत रहेका महतोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)-०७३ कार्यान्वयमा आएपछि महतोले पदबाट राजिनामा दिएका हुन् ।

केही दिनअघि मात्रैराष्ट्रपतिले प्रमाणिकरण गरेपछि बाफिया कार्यान्वयनमा आएको छ । नयाँ बाफियामा संबैधानिक पद धारण गरेको व्यक्ति बैंकका अध्यक्ष तथा सञ्चालक बस्न नपाउने व्यवस्था छ ।

महतोले राजिनामा दिएपछि विहिवारको सञ्चालक समिति बैठकले रोशन के।सीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

केही दिनअघि सांसदसमेत रहेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पनि पदबाट राजिनामा दिएका थिए । सिभिल बैंकको अध्यक्षमा पनि अम्मिर बोगटी नियुक्ति भइसकेका छन् ।

बाफिया छलफलको चरणमै रहँदा सांसदसमेत रहेका अन्य २ बैंकका अध्यक्षले राजिनामा दिइसकेका थिए ।

जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले गत माघमा राजिनामा दिएका थिए ।

त्यसअघि नै सांसद उमेश श्रेष्ठले प्राइम बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए ।

बाफियामा लालमोहर लागेपछि योग्यता नपुग्ने बैंकका अध्यक्ष लगायत संचालकहरुले धमाधम राजिनामा दिएका हुन् ।

तर, नेपाली सांसद मोहनबहादुर बस्नेतले भने एनसीसी बैंकको सञ्चालक पदबाट राजिनामा दिएका छैनन् । बैंक स्रोतका अनुसार उनले आगामी केही दिनमै राजिनामा दिने छन् ।


पुष्प दुलाल