सानिमा बैंकको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला



काठमाडौं । सानिमा बैंकले बैशाख १७ गते (आज) देखि ३० प्रतिशत हकप्रद सेयरको बिक्री शुरु गरेको छ । बैंकले हाल कायम पूँजीको ३० प्रतिशतको हिसाबले १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर बिक्रि शुरु गरेको हो । हकप्रद आगामी जेठ २१ गतेसम्म खुल्ला रहनेछ ।

बैंकले गत चैत १८ गते बुकक्लोज गरेको हुँदा चैत १७ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

हकप्रदको इस्यु म्यानेजर सिबिआइएल क्यापिटल रहेको छ । इन्छुक सेयरधनीहरुले सबिआइएल क्यापिटलको कार्यालय र सानिमा बैंकका शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ९४ करोड ६९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । हाल ५ अर्ब ३० करोड रुपैंयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद पछि चुक्ता पूँजी ६ अर्ब ९० करोड रुपैंयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब पूँजी पुर्याउन बैंकले थप १६ प्रतिशतले पूँजी बढाउनुपर्नेछ ।


पुष्प दुलाल