वित्तीय अपराध सम्मेलन सम्पन्न, विज्ञद्वारा प्रशिक्षण




काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रा बढ्दो वित्तीय अपराधका बारेमा सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा बिहिबार एक दिने राष्ट्रियस्तरको ‘वित्तीय अपराध सम्मेलन’ आयोजना गरिएको छ ।

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआइ) भारतको फिनकेलेट संस्थासंगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा बोल्दै एनबीआइका प्रमुखकार्यकारी अधिकृत संजिव सुब्बाले बैंक तथा वित्तीय संस्थाहरुमा हुने गरेको हरेक किसिमका बैंकिङ्ग अपराधहरुको रोकथामका लागि नयाँनौलो तरिका अंगालनु पर्ने बताए ।

‘सम्मेलनले सहभागी बैँकका कर्मचारीहरुलाई विभिन्न किसिमका बैंकिङ्ग अपराधहरुको बारेमा जानकारी दिने र त्यस्ता अपराधहरुको नीवारण गर्नका लागि प्रचलनमा रहेका उत्कष्ट रणनितिक पहलहरुको जानकारी दिने छ,’ सुब्बाले भने ।

यसैगरी नेपाल बैंकर्स एसोसिएसनका प्रमुख अनिल केशरी शाहल बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ्ग अपराधको रोकथामका लागि आफ्नो प्राविधिक क्षमता अभिवृद्धि गर्नु अपरिहार्य भएको बताए ।

सोहि क्रममा एनबीआइका अध्यक्ष तथा बैंक अफकाठमाडौं लुम्बिनी का प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बैंकिङ्ग अपराधलाई भाइरसको संज्ञा दिंदै भने, ‘बैंकिङ्ग अपराधको रोकथाम एउटा निरन्तर अभियानको रुपमा लिनु पर्छ र सबैले समयलाई सुहाउँदो किसिमले आफुलाई सक्षम तुल्याउदैं लानुपर्छ ।’

यस सम्मेलनमा विदेशी विज्ञहरुद्वारा विभिन्न किसिममा बैंकिङ्ग अपराधहरु जस्तै साइवर फ्रर्ड, एटिएम र कार्ड फ्रडलगायतको अपराधका बारेमा जानकारी दिएका थिए ।


पुष्प दुलाल