विश्वकपको रौनक बढाउन टिसिएलले ल्यायो नयाँ पार्टी स्पिकर


काठमाडौं । विश्वभर फुटबलको माहोल तातिरहेका बेला टिसिएल ब्रान्डले नेपाली बजारमा आफ्ना दुई नयाँ पोर्टेबल पार्टी स्पिकर ‘टीपी २०० के’ र ‘टीपी ३०० के’ सार्वजनिक गरेको छ ।

नेपालका लागि टिसिएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले खेलप्रेमी र मनोरञ्जनका पारखीहरूलाई लक्षित गर्दै यी शक्तिशाली अडियो उपकरणहरू बजारमा ल्याएको हो ।

रंगशालाको जस्तै ध्वनि र ऊर्जा घरमै प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएका यी स्पिकरले गोलको गर्जन र कमेन्ट्रीको रोमाञ्चलाई अझ जीवन्त बनाउने छन् ।

सार्वजनिक गरिएको ‘टीपी २०० के’ मोडलमा २२० वाटको अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप र ५ वटा डायनामिक लाइट शो मोडहरू छन् । यो स्पिकर विशेषगरी पारिवारिक जमघट र साना पार्टीहरूका लागि उपयुक्त छ ।

त्यसैगरी, अझै दमदार ध्वनि खोज्नेहरूका लागि ‘टीपी ३०० के’ मोडल उपलब्ध छ । यसमा ३४० वाटको शक्तिशाली आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइमका साथै ८ वटा आकर्षक लाइट शो मोडहरू राखिएका छन् ।

यी दुवै मोडलमा ब्लुटुथ ५.४, बास बुस्ट र वायरलेस पार्टी लिंक जस्ता आधुनिक सुविधाहरू समावेश छन् । प्रयोगकर्ताले दुईवटा स्पिकरलाई ताररहित रूपमा जडान गरी अझ फराकिलो ध्वनि अनुभव लिन सक्छन् ।

साथै, पानीबाट जोगिने ‘आईपीएक्स ४’ प्रविधि र माइक्रोफोन तथा गितार सपोर्टका कारण यसमा कराओके र लाइभ मनोरञ्जन लिन पनि सहज छ ।

नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन र वाटर डिस्पेन्सरमार्फत लोकप्रिय रहेको टिसिएलले नयाँ स्पिकरहरूमार्फत ग्राहकलाई थप स्मार्ट मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।