एक बर्षमै साढे ३ खर्बले बढ्यो नेपालको अर्थतन्त्र



काठमाडौं । आर्थिक क्रियाकलापहरुमा भएको बढोत्तरीसँगै देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार पनि बढेको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार पछिल्लो एक वर्षमै साढे ३ खर्ब रुपैयाँले जीडीपीको आकार बढेको हो ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा जीडीपीको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँ पुग्ने छ । जबकी गत वर्ष जीडीपको आकार २२ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै थियो ।

गत वर्षको तुलनामा यो वर्षको आर्थिक वृद्धिदर पनि उल्लेख्य मात्रामा बढ्ने तथ्यांक विभागको अनुमान छ । विभागले चालु आर्थिक वर्षमा ६.९४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमानसहितको तथ्यांक मंगलबार सार्वजानिक गरेको हो । गत वर्ष ०.७७ प्रतिश मात्रै आर्थिक वृद्धिदर हासिल भएको थियो ।

विभागको तथ्यांक अनुसार वितेका १५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०५८/५९ मा नेपालको कूल जीडीपीको आकार ४ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको थियो । यो वर्ष जीडीपीको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँ पुग्ने छ ।

आर्थिक वर्ष ०६७/६८ मा जीडीपीको आकार १३ खर्ब ६६ अर्ब रुपैयाँ थियो । त्यस्तै, ०६८/०६९ मा १५ खर्ब २७ अर्ब, ०६९/०७० मा १६ खर्ब ९५ अर्ब, ०७०/७१ मा ०७०/७१ मा १९ खर्ब ६४ अर्ब, ०७१/७२ मा २१ खर्ब ३० अर्ब र ०७२/७३ मा २२ खर्ब ४७ अर्ब रुपैयाँको जीडीपीको आकार थियो ।


पुष्प दुलाल