४३ प्रतिशतले बढ्यो ग्लोबल आइएमइ बैंकको नाफा



काठमाडौं । ग्लोबल आइएमइ बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गत बर्षको तुलनामा ४२.९८ प्रतिशतले खुद नाफा बृद्धि गरेको छ ।

आज अपरिष्कुत वित्तीय विवरण प्रकाशित गर्दै बैंकले गत बर्षको १ अर्ब ३ लाख रुपैंयाँको तुलनामा यस बर्ष १ अर्ब ४७ करोड रुपैंयाँ खुद नाफा कमाएको जनाएको छ ।

बैंकको संचालन नाफा पनि गत बर्षको १ अर्ब ३५ करोड रुपैंयाँबाट बढेर १ अर्ब ९६ करोड रुपैंयाँ पुगेको छ ।

बैंकको ब्याज आम्दानी २ अर्ब ६५ करोड रुपैंयाँ रहेको छ । यो अघिल्लो बर्ष भन्दा करिब ६५ करोड रुपैंयाँ बढि हो ।

बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड रुपैंयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १२ करोड रुपैंयाँ छ ।

बैंकले निक्षेप संकलनमा पनि ठूलो छलाङ मार्दै ६७ अर्ब ४० करोडबाट ८५ अर्ब ८१ करोड रुपैंयाँ पुर्याएको छ ।

ऋण प्रवाह पनि ५७ अर्ब ३४ करोडबाट ७३ अर्ब १३ करोड रुपैंयाँ पुगेको छ ।

बैंकले खराब कर्जा १.९३ प्रतिशतबाट १.५३ प्रतिशतमा झारेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी २७.१७ रुपैंयाँ, नेट वर्थ १५३.७४ रुपैंयाँ र मुल्य आम्दानी अनुपात १५.७५ गुणा रहेको छ ।


पुष्प दुलाल