गोल्डेन डाइमण्ड सुनचाँदी मेला हुने, २५ प्रतिशत सम्म छुट



ललितपुर । नयाँ बर्ष तथा मछिन्द्रनाथ जात्राको अवसरमा ‘गोल्डेन डाइमण्ड सुनचाँदी मेला’ आयोजना हुने भएको छ । मेला गोल्डेन डायमण्ड एण्ड ज्वलरीको आयोजनामा ललितपुरको मंगलवजारको हखाटोलमा बैशाख २२, २३ र २४ गते सञ्चालन हुनेछ ।

पर्वका अवसरमा नयाँ नयाँ डिजाइनका गरगहनाहरु एउटै थलोवाट सुपथ मुल्यमा उपलब्ध गराउने उद्धेश्यले मेला आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

मेलामा आधुनिक तथा पुरातन दुवै शैलिका गरगहनाको मिश्रित एवं तविनतम डिजाइनयुक्त गरगहना समावेश गरिने आयोजकले जानकारी दिएका छन् ।

गोल्डेन डायमण्ड एण्ड ज्वलरी कम्पनीका अध्यक्ष ज्ञानुराज शाक्यले उच्च गुणस्तरीय गरगहना सहज र सुपथ मुल्यमा एउटै थलोवाट उपलब्ध गराउने उद्धेश्यले मेलाको आयोजना गर्न लागिएको वताए ।

मेलाको अवसरमा सुन तथा हिराका गरगहना खरिदगर्ने ग्राहकलाई छुट तथा गिफ्ट ह्याम्पर प्रदान गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष शाक्यका अनुसार महोत्सवमा हिराका गरगहनामा ५ देखि २५ प्रतिशत सम्म नगद छुटका साथै सुनका गरगहनामा ज्इादा छुट तथा प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ ।

‘डायमण्ड एण्ड ज्वलरी कम्पनीले विक्रीगर्ने सुन तथा डायमण्डका सामाग्रिहरु उच्च गुणस्तरीय हुन्छ, कम्पनीवाट विक्री हुने सवै गरगहनाको ग्यारेण्टी समेत उपलब्ध गराइने, सवै गरगहना हलमार्क अनुसार हुने र ग्राहकले चाहेमा जहिलेसुकै पनि त्यसलाई उचित मुल्यमा फिर्ता समेत गर्न सक्ने छन्,’ शाक्यले भने ।

ग्यारेण्टी कार्ड अनुसार गरगहना टुटफुट भएका बिना शुल्क मर्मत गरिने कम्पनीले जानकारी दिएको छ ।

टाउकोदेखि खुट्टासम्म प्रयोगहुने सवै खालका सुन तथा हिराका उच्च गुणस्तरीय गरगहना एउटै थलोवाट पाउन सकीने कम्पनीका प्रवन्ध निर्देशक समिट शाक्यले वताए । उनका अनुसार युवापुस्तालाई प्रवद्र्धनगर्ने नीतिपनि कम्पनिले लिएको छ । यस्तै आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत विश्व भर गरगहनाको निर्यातगर्ने योजना समेत कम्पनीले जानकारी दिएको छ ।

अनलाइन मार्फत गरगहना अर्डरगरी विश्वको कुनैपनि स्थानमा सहजै पाउन सकीने उनले वताए । कम्पनीले गरगहना निर्यातको योजनापनि अगाडि सारेको छ ।


पुष्प दुलाल