१० मिनेटमै ५० अंकले बढ्यो नेप्से, १५ मिनेटका लागि सर्किट ब्रेक



काठमाडौं । आइतबार बजार खुलेको १० मिनेटमै सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि बजार बन्द भएको हो ।

बजार ११ बजेर २५ मिनेटमा फेरी खुल्नेछ ।

बजार ३ प्रतिशतले बढ्दा झण्डै ५० अंकले बढेको छ । उपसूचकहरुमा बैकिङ ५९ अंक र बीमा २९४ अंकले बढेका छन् ।

शनिबार मधेसी मोर्चा र सरकारबीच २ चरणमा निर्वाचन गर्ने विषयमा सहमति भएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।


पुष्प दुलाल