नेपाल लाइफको ३१ लाख कित्ता एफपिओ सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल लाइफको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफसपओ सेयर बैशाख ७ गते (आज) सूचिकृत गरेको छ ।

अबको ७ दिनभित्र एफपिओ सेयर सेयरधनीहरुको डिम्याट खाताको पठाइने भएको छ ।सूचिकृत सेयर अबको ७ दिनपछि नेप्सेमा कारोबार गर्न सकिनेछ ।

नेपाललाइफले प्रतिसेयर १४२५ रुपैंयाँको दरले ३० लाख २६ हजार ४ सय २९ कित्ता एफपिओ सेयर जारी गरेको थियो ।

कम्पनीको हाल ३ अर्ब ९ करोड रुपैंयाँ चुक्ता पूँजी छ । कम्पनीको अन्तिम कारोबार मुल्य २ हजार ३ सय ९० रुपैंयाँ छ ।


पुष्प दुलाल