माहुली लघुवित्तको १ लाख २० हजार कित्ता आइपिओ खुल्यो



महुली सामुदायीक लघुबित्तले बैशाख ७ गते (आज) देखि १ लाख २० हजार कित्ता सेयरको आइपिओ बिक्री शुरु गरेको छ ।

बिक्री चाँडोमा बैशाख ११ गते र ढिलोमा बैशाख २१ गते बन्द हुने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले घटिमा ५० कित्ता र बढिमा ६०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४ हजार ८ सय कित्ता सेयर कर्मचारीहरु र ६ हजार कित्ता सेयर म्युचल फण्डहरुलाई छुट्याएको छ । यसको मतलब सर्वसाधारणका लागि १ लाख ९ हजार २ सय कित्ता सेयर छुट्याइएको छ ।

आइपिओको ब्यवस्थापन एनसिएम मर्चेन्टले गर्दैछ ।

आवेदन एनसिएम मर्चेन्ट, महुलीका शाखाहरु र सनराइज बैंकका बिभिन्न शाखाहरुबाट दिन सकिनेछ ।

कम्पनीको १० जिल्लामा २८ वटा शाखाहरु संचालनमा छन् ।


पुष्प दुलाल