प्रति सेयर आम्दानी २६ रुपैयाँ गर्दा एनआईसीको नाफा १ अर्ब



काठमाडौं । अघिल्लो वर्षको तुलनामा प्रति सेयर आम्दानी घट्दापनि एनआईसी एनआईसी एशिया बैंकले चैत मसान्तमा १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो वर्ष प्रति सेयर आम्दानी २७ रुपैयाँ ४१ पैसा रहेकोमा यो वर्ष केही घटेर २६ रुपैयाँ ६ पैसामा छ । बैंकको अघिल्लो वर्ष चैत मसान्तमा खुद नाफा ७५ करोड थियो ।

६ अर्ब ३५ करोड चुक्ता पुँजी रहेको बैंकको चैत मसान्तसम्ममा ७९ अर्ब निक्षेप तथा कर्जा लगानी ६७ अर्ब रुपैयाँ रहेको छ । बैंकले ब्याज आम्दानी मार्फत १ अर्ब ८४ करोड रुपैयाँ कमाएको छ ।


क्लिकमान्डु