नेपालमा रहेको १००० र ५०० दरको भारु साट्न भारत तयार



नयाँ दिल्ली । भारतले प्रतिबन्ध लगाएको १००० र ५०० दरका नेपालमा भएका नोट साट्न भारत तयार भएको छ ।

भारत भ्रमण रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटपछि भारतीय वित्तमन्त्री अरुण जेट्लीले प्रतिबन्धित पाँच सयको भारतीय मुद्रा सटहीका सम्बन्धमा नेपालभित्र देखिएका समस्यालाई सरलीकृत गर्न आफू सकारात्मक रहेको बताए ।

केही दिन अगाडि नेपाल भ्रमणमा आएको भारतको रिजर्ब बैंक अफ इन्डियाको टोलीले ४५ सय रुपैयाँसम्म साट्न तयार रहेको जवाव नेपाललाई दिएको थियो । सुरुमा नेपालले भारतको प्रस्तावमा सहमती नजनाएपछि पछि सहमती जनाएको थियो । राससको सहयोगमा


क्लिकमान्डु