एसइई दिएका परीक्षार्थीले बैशाखभर ३ सय रुपैयाँमा चन्द्रागिरि केवलकार चढ्न पाउने



काठमाडौं । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले बैशाख महिनाभर ३ सय रुपैयाँमा केबलकार चढ्न पाउने भएका छन् ।

यो सहुलियत लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्रअनिवार्यरुपमा साथमा बोकेर जानुपर्ने छ । सहुलियत अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यो छुट सुविधा लिने परीक्षार्थीहरुले अन्य छुट भने पाउने छैनन् ।

ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेकोछ ।

भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।


पुष्प दुलाल