थपलिया बन्दुले सिभिल बैंकको ऋण नतिरेपछि सम्पत्ति लिलामी हुँदै



काठमाडौं । उद्योगी रोहिणी थपलिया सिभिल बैंकको कर्जा समयमै तिर्न असमर्थ भएका छन् । कर्जाको किस्ता नियमित बुझाउन नसकेपछि बैंकले ३५ दिन भित्रमा किस्ता चुक्ता गर्न अन्यथा सम्पत्ति लिलामी गरिदिने भन्दै सार्बजनिक सुचना प्रकाशित गरेको छ ।

बैंकले आइतवार ३५ दिने सुचना प्रकाशित गर्दै सो अवधि भित्रमा कर्जाको सावा ब्याज तथा किस्ता र अन्य शुल्क समेत तिर्न सार्बजनिक सुचना प्रकाशित गरेको छ ।

थपलियाको कम्पनी शुभ पद्म श्री इन्टरप्राइजेजले लिएको अधिबिकर्ष/डिमान्ड लोन कर्जा समयमै नतिरेको बैंकले जानकारी दिएको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको सो प्रालिले कर्जा नतिरेपछि बैंकले आइतबार कान्तिपूर दैनिकमा ३५ दिने सुचना प्रकाशित गरेको हो । थपलिया सो कर्जा लिदाँ कर्जा जमानी बसेका थिए ।

रोहिणी थपलियाकै परिवारका सदस्य दीपक थपलिया पनि समयमै कर्जा नतिरेका कारण सिभिल बैंकले कालोसुचीमा राखेर सम्पत्ति लिलामको प्रक्रिया अगाडि बढाएको छ ।

शुभ पद्म श्री इन्टरप्राइजेजले सिभिल बैंकबाट कर्जा लिदाँ पद्म थपलियाको नाममा दर्ता कायम रहेको बारा जिल्ला भवानीपूरको वडा नम्बर ४ को कित्ता नम्बर ५५७ को १ बिहागा १५ कठ्ठा जमिन धितो राखिएको थियो ।

यस्तै रोहिणी थपलियाको नाममा दर्ता कायम रहेको पर्सा मजडिया पिप्राको वडा नम्बर ३ को कित्ता नम्बर २७७ को १५ धुर जग्गा पनि धितो राखिएको थियो ।

रोहिणी थपलियाकै नाममा दर्ता कायम रहेको काठमाडौं चुनदेबीको कित्ता नम्बर ९३, ६१८, ६२० र ६२२ को जग्गा र घर पनि धितो राखिएको थियो ।

बैंकले लिखित तथा मौखिक रुपमा बारम्बार ताकेता गर्दा र ३५ दिने सार्बजनिक सुचना प्रकाशित गरेर कर्जा तिर्न आग्रह गर्दा पनि नतिरेपछि सम्पत्ति लिलामी प्रक्रिया अगाडि बढाइएको बैंकले जानकारी दिएको छ ।

सिभिल बैंकले दीपक थपलियाको नाममा दर्ता कायम रहेको काठमाडौं चुनदेबीको कित्ता नम्बर ६१९, २७६, ६२१, ६२३, १६६, ४८५ र ४८७ को जग्गा र घर समेत लिलामीको सार्बजनिक सुचना प्रकाशित गरेको हो ।


क्लिकमान्डु