सिभिल बैंकले बचत खातामा ५ देखि ७ प्रतिशत ब्याजदर दिने



काठमाडौं । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा नव वर्ष २०७४ को सौगात स्वरुप बचत खातामा ५ देखि ७ प्रतिशत सम्मको वार्षिक व्याजदर प्रदान गर्ने भएको छ ।

बैंकले यस अघि पनि २०७३ फाल्गुन १ गते १ प्रतिशत ले बचत खातामा व्याजदर बृद्धी गरेको थियो ।

यस नयाँ व्याजदरले न्यून व्याजदरका कारणले बैंकमा निक्षेप नराख्ने ग्राहकहरु पनि आकर्षित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।

आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ नयाँ योजना अघि सार्ने पनि बताएको छ ।


क्लिकमान्डु