अब बैंकमा एकभन्दा बढी खाता खोल्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिको एकभन्दा बढी बचत खाता संचालनमा ल्याउन रोक लगाएको छ ।

राष्ट्र बैंकले निर्देशिका जारी गरेर एउटा व्यक्तिले एकभन्दा बढी खाता चलाउन र एटिएम कार्ड लिन नपाउने व्यवस्था गरेको छ । मुद्दती खाताको हकमा भने यो व्यवस्था लागु हुने छैन ।
निर्देशिका अगाडि यस्तो खाता भएमा एउटा मात्र खाता कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तै कल खाता र बचत खाताको ब्याजदर समान बनाउन मौद्रिक नीतिको मध्यावधी समिक्षामा गरेको व्यवस्थामा बचतको सबैभन्दा न्यून ब्याजदर आउने खाता भनेर सम्झनुपर्ने राष्ट्र बैंकको निर्देशिकामा उल्लेख छ । बचत खातामा सबैभन्दा न्यूनतम ब्याजदर १ प्रतिशत रहेको छ ।

यस्तै राष्ट्र बैंकले ऋण लिदा बैंकहरुले लिने सेवा शुल्कमा कडाई गरेको छ । बैंकले ऋण नदिएमा यसरी लिएको शुल्क सम्बन्धित व्यक्तिको खातामा फर्काउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

कर्जा प्रवाह गर्दा लिने प्रशासिन शुल्क र प्रतिबद्धता शुल्क बाहेक कर्जासँग सम्बन्धित शुल्क ब्याजदर प्रतिबिम्बित गर्नुपर्छ । यसरी लिने शुल्कमा प्रशासिनक र प्रतिबद्धता शुल्कको फरक ०.२५ प्रतिशतभन्दा फरक हुनु हुँदैन ।


क्लिकमान्डु