नयाँ वर्षमा सेयरधनीलाई सेञ्चुरीको बोनस र बम्पर हकप्रद




काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई नयाँ वर्षमा  बोनस र बम्पर हकप्रद सेयर दिने  निर्णय गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० प्रतिशत बोनस र दुई संस्था प्राप्तीपछि ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्विकृती समेत प्रदान गरेको छ ।

यसैगरी सेञ्चुरी बैंकले ४ अबै ७ करोड पुँजी र चार संस्था प्राप्तीपछि २ अर्ब थप पुँजी हुने छ । अपुग पुँजी ४० प्रतिशत हकप्रद र चालु आर्थिक वर्षको मुनाफाबाट ८ अर्ब पुर्याउने बैंकले जनाएको छ । सबै संस्था गाभेपछि बैंकको शाखा संख्या ९० पुग्ने छ ।


क्लिकमान्डु