उद्योग वाणिज्य महासंघमा एसोसिएट सदस्यमा पनि निर्वाचन नहुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट तर्फका सदस्यपनि निर्विरोध हुने देखिएको छ ।

एशोसियटको  उपाध्यक्ष पदमा चन्द्र ढकाल निर्विरोध भइसकेका छन् । शनिवारसम्म उम्मेद्वारी दिएका ३१ जनामा २६ जनाले कार्यकारिणी सदस्यमा जसलाई छानेपनि हुँनेगरी हस्ताक्षर गरेर नेतृत्वलाई दिएका छन् ।

निर्विरोध बनाउन पहल भएको र सम्भवत एशोसियटमा निर्वाचन नहुँने निर्विरोधका लागि पहल गरिरहेका महासंघका एक सदस्यले क्लिकमाण्डूसँग भने ।

एशोसियटबाट महासंघका कार्यकारिणी सदस्य छान्ने काम वर्तमान अध्यक्ष पशुपति मुरारका,अध्यक्ष बन्न लागेकी भवानी राणा,पूर्व अध्यक्ष चण्डी ढकाल तथा अहिलेका बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार शेखर गोल्छा र एशोसियट बाट उपाध्यक्ष बन्न लागेका चन्द्र ढकालले छान्ने छन् ।

महासंघमा एशोसियटको तर्फबाट १९ जना सदस्य प्रतिनिधित्व हुन्छ । कोषाध्यक्षका उम्मेद्वार ज्ञानेन्द्रलाल प्रधान र र सुरुमा उपाध्यक्ष लड्ने घोषणा गरेका सौरव ज्वोति एशोसियट कन्र्फम छ । बाँकीको हकमा कसलाई राख्ने सहमती जुट्न बाँकी छ ।  २६ जनाबाट १७ जना सदस्य पदमा छानिने छन् ।

आगामी मंगलबार महासंघमा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र शेखर गोल्छाबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रधान समुहले एशोसियटको उपाध्यक्षमा उम्मेद्वारी दिएको छैन । जसले गर्दा ढकाल निर्विरोध भइसकेका छन् । सदस्य पनि अधिकाशं गोल्छा समुहको बाहुल्यता रहने छ ।  शनिवार दिनभर बरिष्ठ उपाध्यक्ष पदमा सहमती खोज्ने प्रयास भएपनि सार्थकता भने पाएको छैन ।


क्लिकमान्डु