विदेशी लगानी भित्र्याउने उपयुक्त अवसरः उद्योगमन्त्री



काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले अहिले नेपालमा विदेशी लगानी भित्र्याउने उपयुक्त समय भएको बताएका छन् ।

उद्योग मन्त्रालयले आयोजना गरेको टोकाची जापानका उद्योगीहरुसँगको अन्तरक्रियामा उनले सो बताएका हुन् ।

‘नेपालमा अहिले राजनीतिक संक्रमण सकिएको छ, यस समयमा विदेशी लगानी भित्राउन सके लगानीकर्ता र नेपाल दुवैले फाइदा लिन सक्नेछन्,’ जोशीले भने ।

नेपाले अहिले उद्योगमैत्री ३ वटा ऐन र थुप्रै नियामवली निर्माण गरिसकेको उनले जानकारी गराए ।

टोकाची जापानका प्रतिनिधी तामूरो नोभूरु हामी नेपालमा लगानीको वातावरण कस्तो छ भनेर हेर्न आएका बताए ।

नयाँ उद्योगको प्रस्तावसँगै नेपालीसँग मिलेर काम गर्न हामी आएका हौं, हामीले खोल्ने उद्योग भनेको स्थानीय नेपालीसँगको सकार्यमा नेपालमै उत्पादन हुने वस्तुलाई प्रविधिको माध्यमबाट गुणस्तरीय बनाएर नेपाल घुम्म आउने पर्यटकलाई बेच्ने हो,’ नोभूरुले भने ।

टोकाची जापान प्रतिनिधीका प्रमुख रुपमा नेपाल आएका कोमोरी तत्गानाका अनुसार नेपाल कृषि प्रधान देश भएकाले कृषिमै नेपालीको क्षमता अभिवृद्धि गर्नु पर्ने बताए ।

नेपाल प्राकृतिक रुपमा सुन्दर देश भएकाले यहाँ धेरै पर्यटक आउने गरेका छन, अझ यसमा मानवीय प्रयोगात्मक नयाँ आयाम थप्न सकेमा विश्वमा नेपालको छुटै पहिचान बन्नेछ,’ तत्गानाले भने ।

नेपालका लागि जापानका राजदूत मसासी ओगावाले जपानीले नेपालमा उद्योग खोलेमा दुवै देशलाई फाइदा हुने बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कृषि प्रधान मुलुक भएकाले नेपालमा कृषि उद्योग संचालन गर्नु पर्ने बताए ।

जापानले प्रयोग गर्ने प्रविधि नेपाली कृषिमा प्रयोग गर्न सके नेपालले आर्थिक उन्नित हासिल गर्ने पैडेलको धारण थियो ।


पुष्प दुलाल