नेपाल बैंकको २३.७४ प्रतिशत हकप्रद बैशाख ७ देखि



काठमाडौं । नेपाल बैंकले बैशाख ७ गते देखि २३.७४ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । मंगलबार सूचना प्रकाशित गरि बैंकले आगामी जेठ १० गतेसम्म हकप्रदमा आवेदन दिन सकिने जनाएको छ ।

बैंकले हालको पुँजीको २३.७४ प्रतिशतको हिसाबले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकले हकप्रदमा लागि चैत २९ गते बुकक्लोज मिति घोषणा गरेको छ । हकप्रद सुरक्षित गर्नको लागि चैत २८ गतेसम्म सेयर खरिद गर्नुुपर्छ ।

हकप्रदको व्यवस्थापन सिभिल क्यापिटलले गर्ने भएको छ ।

हकप्रद पछि बैंकको चुक्ता पुँजी हालको ६ अर्ब ४९ करोडबाट ८ अर्ब ४ लाख रुपैंयाँ पुग्नेछ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८९ करोड रुपैंयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु