सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद बैशाख ७ देखि



काठमाडौं । सिद्धार्थ डेभलप्मेन्ट बैंकले आगामी बैशाख ७ गते देखि ६० प्रतिशत हकप्रद बिक्री सुरु गर्ने भएको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशतको हिसाबले ८५ लाख १५ हजार ५ कित्ता सेयर जारी गर्न लागेको हो ।

बैंकले हकप्रद बिक्री जेठ १० गते बन्द हुने जनाएको छ । बैंकले बुकक्लोज मिति फागुन १९ मा थियो । जनतासँग मर्जरमा जाने सम्झौता भएपछि बैंकको फागुन १९ देखि सेयर कारोबार रोकिएको थियो । यसको मतलब फागुन १८ गतेसम्म सेयर खरिद गरेका सेयरधनीले मात्र हकप्रद आवेदन दिन पाउँनेछन् ।

बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई इस्यु म्यानेजरका रुपमा नियुक्त गरको छ ।

हकप्रद पछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड रुपैंयाँ पुग्नेछ । हकप्रद सेयर निष्कासनपछि बैंक जनतासँग मर्जरमा जाने छ।

हकप्रद आवेदन बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय र सिद्धार्थ डेभलप्मेनट बैंकका सम्पूर्ण शाखाहरुबाट दिन सकिनेछ ।  बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १८ करोड ६८ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु