नबिल बैंकले जोरपाटी शाखाको स्थानान्तरण गर्यो



काठमाडौं । नबिल बैंकले जोरपाटी शाखा पिपलबोट बौद्धमा रहेको आधुनिक व्यवसायिक भवनमा स्थानान्तरण गरेको छ । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका संचालकहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा बैंकको स्थानान्तरण गरिएको शाखा एक कार्यक्रमबिच उद्घाटन गरे ।

नबिल बैंकले स्थानान्तरित शाखाबाट ग्राहकहरुलाई बैकिंग सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आङ्खनो शाखा कार्यालयहरुको सजांल बढाउँदै लगिरहेको छ ।

५२ वटा शाखाहरुको बृहत सञ्जाल, ९५ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा बैंकले सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु