फागुन १८ सम्म सेयर किन्नेले मात्र सिदार्थ डेभलपमेन्ट बैंकमा हकप्रद भर्न पाउने



काठमाडौं । सिदार्थ डेभलपमेन्ट बैंकले जारी गर्न लागेको ६० प्रतिशत हकप्रद सेयर फागुन १८ सम्म सेयर किन्नेले मात्र भर्न पाउने भएका छन् ।

बैैंकले जारी गरेको सूचनामा जनतासँग मर्जरमा जाने सम्झौता गरेको कारण बैंकको सेयर कारोबार फागुन १९ देखि बन्द रहेको छ । जसले गर्दा फागुन १८ सम्म सिदार्थ डेभलपमेन्ट बैंकको सेयर खरिद गर्नेले मात्र ६० प्रतिशत हकप्रद भर्न पाउने भएका हुन् ।

यस्तै बैंकले हकप्रद सेयर जारी प्रक्रियाको लागि बैंकका संचालक तथा आधारभुत सेयरधनी र चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर रहेका लगानीकर्तालाई चैत २७ सम्म हकप्रद वापत भर्नुपर्ने सेयर भर्न आह्वान गरेको छ । बैंकले हकप्रद जारी भएपछि जनता बैंकसँग मर्जरमा जाने बताएको छ ।


क्लिकमान्डु