किशोर प्रधानले बिराटनगर पुगेर उम्मेद्धारी घोषणा गरे



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१औं बार्षिक साधारणसभाको चहल-पहल सुरु भएको छ ।

यस पटकको साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचन हुने भएकाले चुनावलाई केन्द्रविन्दुमा राखेर व्यवसायीहरु तीब्र दौडधूपमा लागेका छन् ।

बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरी महासंघको बिधान संशोधन भएकाले भवानी राणा अध्यक्ष हुने पक्का भइसकेको छ ।

आइतरबार किशोर प्रधानले बिराटनगरबाट आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।

यसपटक बरिष्ठ उपाध्यक्षमा चुनावी भिडन्त हुँदैछ । बरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा बर्तमान कार्यसमितिका एसोसिएटतर्फका उपाध्यक्ष शेखर गोल्छा र जिल्ला नगरतर्फका उपाध्यक्ष किशोर प्रधान देखिएका छन् ।

दुबैले आ-आफ्नो प्यानल निर्माणगर्ने तयारी गरिसकेका छन् । आइतरबार किशोर प्रधानले बिराटनगरबाट आफ्नो उमेद्वारी घोषणा गरेका छन् । दिउसामे १२ बजे पत्रकार सम्मेलनमार्फत उम्मेद्धारी घोषणा गरिएको उपाध्यक्षका उम्मेद्धार प्रमोद श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

त्यसको लागि कुशकुमार जोशी, शुरज बैद्य, भाष्करराज राजकर्णिकार, आजाद श्रेष्ठ, डिबी बस्नेतलगायतको टिम बिराटनगर पुगेको छ ।

प्रधानले आफु बरिष्ठ उपाध्यक्ष र जिल्ला नगर तर्फबाट प्रमोद श्रेष्ठलाई उमेद्वार बनाएका छन् । तर, उनको टिममा बस्तुगत र एसोसिएट उपाध्यक्षको टुङ्गो भने लागेको छैन ।

शेखर गोल्छाले आफु चुनाव उठ्ने घोषणा यस अघिनै गरिसकेतापनि कार्यक्रम नै गरेर टिम घोषण गरेका छैनन् । उनको पनि लगभग टिम तयार भइसकेको छ । उनको टिमबाट जिल्ला नगरतर्फबाट बर्तमान कार्यसमितिका बस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठ उठ्न सक्ने अनुमान गरिएको छ ।

त्यस्तै बस्तुगतमा औषधी व्यवसायी उमेशलाल श्रेष्ठ र एसोसिएटमा उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान र बैंकिङ व्यवसायी चन्द्र ढकालले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

आगामी केही दिनमा नै शेखरले आफ्नो टिम घोषणा गर्ने तयारी गरेका छन् ।


पुष्प दुलाल