७ आयोजनाले पाए ३० अर्ब विदेशी लगानी थप्न अनुमति




काठमाडौं । विभिन्न आयोजनाहरुले ३० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी थप गर्न स्वीकृति पाएका छन् ।

उद्योगमन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको २२२औं बैठकले ७ आयोजनामा ३० अर्ब रुपैयाँ बैदेशिक लगानी थप गर्न अनुमति दिएको हो ।

मन्त्रीको व्यस्तताका कारण लामो समय बोर्डको बैठक बस्न नसक्दा विदेशी लगानी स्वीकृति हुन सकेको थिएन ।

उद्योग मन्त्रीका प्रेस सल्लाहकार प्रदिप चापागाईँका अनुसार उद्योग सञ्चालन, म्याद थप सम्बन्धमा नीतिगत व्यवस्थाका लागि कानूनी राय माग्ने निर्णय पनि भएको छ ।

बैठकले सोल्टी होटल, अर्घाखाँची सिमेन्टको पुँजी एकीकृत गर्न, लाङटाङ भोटेकोशी हाइड्रोपावरको पूँजी तथा क्षमता बढाउन अनुमति दिइएको हो ।

त्यसैगरी, सर्बोत्तम सिमेन्ट, सिनो हाइड्रो र श्वेतगंगा हाइड्रोपावरलाई पुँबी वृद्धि गर्न तथा विदेशी लगानी भित्र्याउन अुनमति दिइएको चापागाईँले जानकारी दिए ।

मन्त्रीको व्यस्तताका कारण लामो समय बोर्डको बैठक बस्न नसक्दा विदेशी लगानी स्वीकृति हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस्- उद्योगमन्त्रीको फुर्सद नहुँदा ३० अर्ब लगानीको फाइल रोकियो 


पुष्प दुलाल