बिहीवारपनि बढ्न सकेन नेप्से परिसूचक, उतारचढाव कायमै



काठमाडौं । बुधबार झैं आज बिहीबार पनि नेप्सेमा तिब्र उतारचढाव देखिएको छ । कारोबार शुरु भए पछि घट्न थालेको नेप्से करीब २० अंक घटेपछि पुन १२ अंक बढ्दै सम्हालिए पनि अन्तत ०.६५ को झिनो अंकले घटेर १५८७.६४ अंकमा बन्द भयो ।

नेप्से परिसूचक डेढ हप्तामै करिब २०० अंकले बढेपछि किन्ने र बेच्नेका बिच केहि असन्तुलन देखिएको छ । बजार केहि बढ्दा नाफा बुक गर्ने हावी हुने अनी बजार केहि घट्दा किन्ने हावी हुने अवस्था देखिएको छ । मार्केट डेप्थ हेर्दा एकै दिन एउटै कम्पनीमा पनि कहिले खरिदकर्ता त कहिले बिक्रीकर्ता हावी हुने अवस्था देखिएको छ ।

केही दिनमै नेप्से परिसूचक ठूलो अंकले बढेका कारण अबका केहि दिन बजार करेक्सनको मुडमा रहने देखिन्छ ।

कारोबार रकममा भने बिहिबार ठूलो गिरावट आएको छ । बुधबार २ अर्ब ५४ करोड रुपैंयाँको कारोबार भएकोमा बिहिबार १ अर्ब ४८ करोड रुपैंयाँमा कारोबार रकम खुम्चियो । यद्यपि केहि हप्ता अघिको दैनिक ३० करोड रुपैंयाँ हाराहारीको कारोबार अवस्था हेर्ने हो भने यो निकै बढि हो । यसबाट संस्थागत लगानीकर्ता बजार प्रवेश गरिसकेको छनक पाइन्छ । यसको मतलब बजार केहि दिन करेक्सन मै गए पनि फेरि बढ्ने संकेत देखिन्छ ।

बिहिबार १४० कम्पनीको २७ लाख २३ हजार ६ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

उप सूचकहरुमा बैकिङ ३.८, बिकास बैंक ५.८१ , जलबिद्युत १६.९८ र उत्पादन ११.०१ अंकले घटेका छन् । यस्तै, होटल ५.५, बित्त ८, बिमा ६९.९३ र अन्य २.०२ अंकले बढेका छन् ।

बिहीबार लगानीकर्ता हकप्रद र बोनस सेयर सुरक्षित गर्ने ध्याउन्नमा देखिएका छन् । ३० प्रतिशत हकप्रद सु्रक्षित गर्ने क्रममा सानिमा बैंकको सबैभन्दा धेरै २२ करोड ५५ लाख रुपैंयाँको कारोबार भएको छ । १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैंयाँको कारोबार भएको छ । तेस्रो सबैभन्दा धेरै कारोबार हुनेमा कृषि बिकास बैंक रहेको । कृषिको ८ करोड ६० लाख रुपैंयाँको कारोबार भएको छ । बैंकको २० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । ८० प्रतिशत हकप्रदको मुल्य समायोजन भएपछि सस्तो भएकाले नेपाल बंगलादेश बैंकमा पनि लगानीकर्ता झुम्मिएका छन् । बैंकको ५ करोड ४६ लाख रुपैंयाँको कारोबार भएको छ । पाँचौ धेरै कारोबार हुने कम्पनीमा एनसिसि बैंक रहेको छ । एनसिसिको ५ करोड २५ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहीबार एउटा कम्पनीको मात्र १० प्रतिशतले मुल्य बढेको छ । १० प्रतिशत कामउने भाग्मानी लगानीकर्ता सृजना फइनान्सका हुन् । ज्योती बिकास बैंक, साहारा बिकास बैंक र नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले पनि ७ प्रतिशत भन्दा बढिले कमाएका छन् । बाणिज्य बैंकमा सबैभन्दा बढि सिभिल बैंकका लगानीकर्ताले ६.२३ प्रतिशतले कमाएका छन् ।

बिहीबार सबैभन्दा बढी ६ प्रतिशत हाराहारीले गुमाउनेमा सेती फइनान्स र रिलाएबल माएक्रोफइनान्सका लगानीकर्ता छन् ।


क्लिकमान्डु