आधा दर्जन बढी संस्थाको बोनस र हकप्रद सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा विभिन्न कम्पनीले दिएका बोनस सेयर सूचिकृत भएको छ । स्टाण्डर्ट चार्टर्ड बैंकका १३ लाख ७४ हजार ७ सय ५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । लक्ष्मी बैंकले एक्वाएर गरेको प्रोफेशनल दियालो विकास बैंकको ११ लाख ९८ हजार ११ कित्ता अडिनरी सेयरपनि सूचिकृत भएको छ ।

ज्वोति विकास बैंकको ११ लाख ७२ हजार ९ सय ७ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै भक्तपुर फाइनान्सको ७३ हजार ८ सय ५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सगरमाथा फाइनान्सको १ लाख ७० हजार ६ सय ९० कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ ।

यस्तै कन्चन डेभलपमेन्ट बैंकको ९ लाख ९० हजार हकप्रद तथा ४ लाख ९५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस्तै एनएलजी इन्सुरेन्सको १० लाख २४ हजार ६ सय ५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
गरिमा विकास बैंकको २१ लाख ६१ हजार २३ कित्ता बोनस सेयर भएको छ ।


क्लिकमान्डु