जे गरेँ, त्यसमा सधैँ अब्बल भए : चन्डीराज ढकाल




तपाई रमाइलो मान्छे कि रिसाह मान्छे ?
आवश्यकता अनुसार म बहुत रमाइलो छु, तर नचाहिदो कुरा सहन सक्दिन । म बोलेको कुरा पुरा गर्छु, तर कोहि आफुलाई स्मार्ट ठानेर हेप्ने प्रयास गर्छ भने सहन सक्दिन । त्यसैले कहिले काँही रिसाउछु पनि ।

‘अजिवे दास्ता है य, कहाँसुरु कहाँ खत्म’ भन्ने गीत राम्रो लाग्छ ।

उमेर कति भयो ?
५३ वर्ष ।

तपाईँलाई नेपाल उद्योग बाणिज्य महासंघको चुनाव त गज्जबले लाग्छ होइन ?
चुनाव सबैलाई लाग्छ, तर साथीहरुको विश्वासका कारणले अलि बढी म संलग्न हुनु परेको हो ।

शरिर मोटो छ, तर दोडधुप निकै गर्नसक्नु हुन्छ कसरी ?
४८ वर्षको उमेरसम्म निकै फिट थिएँ र शारिरिक व्यामहरुपनि गर्थे । त्यसै कारण मोटो भएपनि आजसम्म फिट छु, समान्य मानिसले मसँग दौड्न, हिड्न र पहाड चड्न सक्दैन ।

तपाईँले कहाँ र कुन बिषय पढ्नु भएको ?
कर्मश, इकोनोमिक्स र लमा ग्रायाजुएट गरेको छु । भारतमा केहि बर्ष बसेर पढे, काठमाडौंको नेपाल ल कलेजबाट एलएलबी गरेको छु । बाल्यकालमा स्कुल झापामा पढेको हुँ ।

पढाइमा कत्तिको अव्वल हुनुहुन्थ्यो ?
निकै राम्रो विद्यार्थी थिए, स्कुल र कलेज दुबैमा म टपर हुँ ।

महासंघमा पनि टपर नै बन्नु भयो है ?
टप नै भन्दा फरक पर्दैन । (लामो हाँसो) … महासंघको अध्यक्ष भएकै हो ।

जीवनमा कसैसँग सम्झना आउनेगरी झगडा गर्नु भएको छ ?
त्यस्तो छैन, मन नपर्ने मान्छेसँग टाढा बस्न रुचाउछु । नजिक नै पर्दिन ।

गीत सुन्नु हुन्छ ?
सुन्छु तर, अहिले गाउँन आउदैन । कुनै समय गीत नसुनिकन पढ्न पनि सक्दिन थिएँ । कलेजको समयमा स्टेज प्रोग्राममा गाउने पनि गरेको थिए ।

त्यस समय मैले १ करोड २५ लाख अमेरिकी डलर भन्दा धेरै ग्राहकलाई छुट दिए । ७० लाख अमेरिकी डलरभन्दा धेरै एअर फ्रेड तिर्नुपर्यो ।

कस्ता गीत सुन्नु हुन्छ ?
परिस्थिति अनुसार नेपाली, हिन्दी र अंग्रेजी सेन्टिमेन्टल र स्फट बेस भएको गानाहरु सुन्न रुचाउछु ।

त्यस्तो कुनै गीत याद छ ?
इंगलिसमा फ्रेण्ड एण्ड एल्भिन्सको ‘ग्रीन ग्रीन ग्रास कम टु होम’ नेपालीमा नारायण गोपाल र भक्त राज आर्चायका केही गानाहरु मन पथ्यो । फिल्मी गानाहरु याद हुने गरेको छैन । हिन्दीमा ‘अजिवे दास्ता है य कहाँसुरु कहाँ खत्म’ भन्ने गीत राम्रो लाग्छ । अर्थ लाग्ने गानाहरु सुन्छु ।

नेपालको गार्मेन्ट व्यवसाय नविग्रेको भए नेपालको अर्बपतिको श्रेणीमा पहिला तपाइको नाम आउँथ्यो भन्छन् नि अन्य व्यवसायीहरु ?
म व्यवसायमा पनि टप नै थिए । ५।६ वर्षसम्म नेपालको सबैभन्दा ठुलो निर्यातकर्ता थिए । भारत, युरोप, अमेरिकालगायतका देशमा मेरो अफिस थिए । जनयुद्ध र राजनीतिक लडाइले यो व्यवसाय नै डुव्यो । यो मेरो जिन्दगीको पनि दुर्भाग्य बन्नपुग्यो । ग्रामेन्टमा नेपाली महिलाहरुको वर्चस्व थियो । उनीहरुलाई तालिम दिएर रोजगारीको अवसर श्रृजना गरेको थियो ।

माओवादी द्वन्द्वको समयमा आउने र जाने सामान समयमा डिलेभरी हुन सकेन । त्यस समय मैले १ करोड २५ लाख अमेरिकी डलर भन्दा धेरै ग्राहकलाई छुट दिए । ७० लाख अमेरिकी डलरभन्दा धेरै एअर फ्रेड तिर्नुपर्यो । वित्तीय क्षेत्रको कारणपनि यो क्षेत्र डुबेको हो । घाम लागेको समयमा छाता दिने र पानी परेको समयमा छाता झिक्ने प्रवृती बैंकिङ क्षेत्रमा छ । जुन समय मलाई आर्थिक सहयोगको चाहिएको थियो, पाउन सकिन । मैले ग्रामेन्ट उद्योगमार्फत् ४ हजार नेपाली महिलाहरुलाई रोजगारी दिएको थिए । १३ अर्ब कर्मचारीको तलब दिएको थिए ।

अब फेरी गार्मेन्टको सम्भावना छ ?
मलाई कामको समस्या हैन । मलाई ठूला–ठूला कम्पनीले व्यापारका लागि आग्रह गरेका छन् । मेरो लक्ष्य अनुसार काम भयो भने आगामी अप्रिल, मेदेखि काम सुरु हुनेछ ।


क्लिकमान्डु