ट्याक्सी चढ्दा अब प्रिन्ट गरेको बिल पाइने, १९ सय ट्याक्सीमा ‘बिलिङ मिटर’ जोडियो



काठमाडौं । यातायतात व्यवस्था कार्यालय बागमती अञ्चलमा दर्ता भएका १८ सय ६० वटाभन्दा बढी ट्याकसीमा बिलिङ मिटरसहितको प्रिन्टर जडान भएको छ ।

गुणस्तर तथा नापतौल विभागको ट्याक्सी तथा टेम्पो इकाइका प्रमुख विकास ध्वन्जुका अनुसार शुक्रबारसम्ममा १८ सय ६० ट्याकसीमा बिलिङ मटिर जडान भएको हो ।

त्यसैगरी, ९ सय भन्दा बढी ट्याक्सी बिलिङ मिटर जडानको प्रक्रियामा रहेको उनले जानकारी दिए । विभागले यसै साताबाट ट्याक्सी बिलिङ मिटरमा अटेर गर्ने व्यवसायीलाई कारबाही प्रक्रिया सुरु गरेसँगै बिलिङ मिटर जडान गर्ने ट्याक्सीको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।

यसैसता मात्रै कारबाही प्रत्रिया सुरुसँगै ६ सय भन्दा बढी ट्याक्सीले बिलिङ मिटर जडान गरेको ध्वन्जुले बताए ।

विभागले अनुगमनमा ३५ वटा ट्याक्सीको कागजपत्र जफत गरी २४ घन्टाभित्र बिलिङ मिटर जडान गर्न निर्देशन समेत दिएको थियो ।

सरकारले मंसिर २२ गतेदेखि सुरु गरेको बिलिङ मिटर जडानको काम व्यवसायीको अटेरीका कारण ३ महिनासम्म प्रभावकारी हुन सकेको थिएन ।

पुस १७ गतेदेखि एक सातामा ५०० ट्याक्सीमा बिलिङ मिटर जडान गर्ने २७ हप्तो तालिका सार्वजानिक गर्दै विभागले बिलिङ मिटर जडान कार्यलाई अघि बढाएको थियो ।

तालिका अनुसार शुक्रबारसम्ममा बा २ ज १ देखि ३२ सय सम्म र बा १ ज ८००० देखि १०००० सम्मका नम्बर प्ेलेट भएका ट्याक्सीमा बिलिङ मिटर जडान पालो गइसकेको छ ।

अबको साता भने बा १ ज ७५०० देखि ८००० नम्बर प्ेलट भएका ट्याक्सी, प्रक्रियामा रहेका ९०० र नविकरण रहेका सबै ट्याक्सीमा बिलिङ मिटर जडान गरिने इकाइ प्रमुख ध्वन्जुले बताए ।

बागमती अञ्चलमा अहिलेसम्म बिलिङ मिटर जडान भएको ट्याक्सी संख्या कुल ट्याक्सीका संख्याको १८ प्रतिशतभन्दा बढी हो । उपत्यकामा ८ हजारभन्दा बढी ट्याकसी सञ्चालनमा छन् ।


पुष्प दुलाल