बिओकेएल पुनः बिओके बन्यो




काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी पुनः बैंक अफ काठमाण्डू बनेको छ । बिओके र लुम्बिनी बैंक मजर्् भएपछि बैंकले आफ्नो नाम बैंक अफ काठमाण्डू लुम्बिनी राखेको थियो । साधारणसभाले पुरानो नाम राख्न निर्णय गरेको हो ।

बैंकको साधारणसभाले पहिलो पटक संस्थापक सेयरधनीको लागि थप सेयर निष्कासन गर्ने निर्णय गरेको छ । संस्थापक सेयरधनीको हिस्सा बढाउनको लागि बैंकले संस्थापकले सेयर थप्ने निर्णय गरेको हो । अहिले बैंकमा संस्थापकको स्वामित्व ४४ प्रतिशत र सर्वसाधारणको स्वामित्व ५६ प्रतिशत रहेको छ ।

बैंकले संस्थापकको स्वामित्व ५१ प्रतिशत गर्नको लागि ६२ लाख ८ हजार १ सय ३२ कित्ता सेयर जारी गर्न लागेको हो ।

साधारणसभाले २३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।


पुष्प दुलाल