हेर्नुहोस्, १ सय खर्ब डलरको नोट, यस्ता छन् विषेशता



राष्ट्रपति मुगाबेले उनका जनताले आफ्नो देशको मुद्रा फेरी चालु हुन लागेको समाचारलाई स्वागत गर्लान भन्ने सोचेका थिए भने, उनी असाध्यै निराश हुन्थे ।

अमेरिकी डलरसँग क्रय शक्तिका आधारमा स्थिर बिनिमय दर कायम गरि आफ्नै नयाँ ‘बोण्ड नोट’ ल्याउने योजनाको जिम्बाब्वेनस्हरुले ब्यापक बिरोध गरेका छन् ।

देशमा भएको ५०० अर्ब प्रतिशतको मुद्रास्फितीपछि जिम्बाब्वेले बिगत ७ बर्षदेखि मुलुकको मुद्रा खारेज गरी बिदेशी मद्रामा भर पर्दै आएको थियो ।

नयाँ निकाल्ने भनिएको ‘बोण्ड नोट’ आयात घटेसँगै बिदेशी मुद्रामा भएको अभावका कारण सो अभावको पुर्तिको लागि सरकारले अघि सारेको योजना हो ।

नयाँ नोटको मुल्य अमेरिकी डलर सरहकै हुन्छ भनिए पनि धेरैले पछिल्लो समय जे भयो त्यसका कारण आफ्नो नोटमा बिश्वास गर्न सकेका छैनन् ।

जिम्बाब्वेलाई ‘हाइपरइन्फ्लेसन’ (अति उच्च मुद्रास्फिती ) ले कति सम्म गाँजेको थियो भने ब्यवहारीकरुपमा कामै नलाग्ने खर्ब डलरको नोट छाप्न कागजको समेत अभाव भएको थियो ।

जिम्बाब्वेन सरकारले सन् २००८ को जुलाई महिनामा २३ करोड प्रतिशतले (२३१,०००,०००) मुद्रास्फिति भएको जनाएको थियो । तर, क्याटो इस्टिट्युट नामक एक अनुसन्धान संस्थाकाअनुसार वास्तविक मुद्रास्फिती दर ८९.७ अर्ब प्रतिशत (८९,७००,०००,०००,०००,०००,०००,०००) थियो ।

अझ रोचक त के छ भने अहिले भने जिम्बाब्वे त्यस्को ठ्याक्कै उल्टो समस्याबाट गुज्रिरहेको छ ।

बेतायत, जापान, अमेरिकालगायत अन्य देशले कमजोर माग र सस्तो तेलको समस्या सामना गरिरहेको बेला जिम्बाब्वे पनि घट्दो मुल्यको जोखिममा पर्न सक्ने देखिन्छ ।

तर, यसको माने यो होइन कि मानिसहरु फेरि ‘हाइपरइन्फ्लेसन’ हुँदैन भनेर बिश्वास गर्न तयार छन् ।

ठूला दरका नोटहरु बिकासोन्मुख देशका मात्र पेवा भने होइनन् । राष्ट्रपति निक्सनले सन् १९६९ मा अपराधिक गतिबिधि नियन्त्रण गर्ने भन्दै १०० डलरभन्दा माथिका नोट खारेज गर्नुअघि अमेरिकाले पनि ठूला दरका नोट छाप्ने गर्दथ्यो । अमेरिकाले छापेको सबैभन्दा ठूलो दरको नोट भनेको राष्ट्रपति उडरो विल्सनको फोटो सहित १ लाख डलर बराबरको नोट थियो ।

ऐट्लास अब्सकुराका अनुसार फेडेरल रिर्जभका लागि सन् १९३० मा १ लाख डलरको नोट ४२,००० प्रति छापिएको थियो । अहिले यी नोटलाई सरकारी सम्पत्तीको रुपमा लिइन्छ र ब्यक्तिगत स्वामित्वलाई गैरकानुनी मानिन्छ ।

युरोपियन युनियनले हाल सबैभन्दा ठूलो ५०० युरोको नोट प्रयोग गर्छ । तर, युरोपियन युनियनमा आबद्ध हुनुअघि इटालीले ५ लाख लाइर दरका नोट छापेको थियो ।

‘हाइपरइन्फ्लेसन’ को सबैभन्दा ठूलो घटनाको रुपमा युद्ध पछिको हंगेरीलाई लिइने गरिन्छ । त्यस बेला हंगेरीमा १० करोड अर्बको नोट छापिएको थियो । तर, यो नोट कुनै पनि साँच्चैको मुल्यको सेवा वा वस्तु किन्न पर्याप्त थिएन ।

हंगरीले सन् १९४६ मा नयाँ मुद्राको शु्रुवात ग¥यो । त्यतीबेला सडक बढार्ने कामदारले सडकमा पुरानो नोट बढारेर नालीमा बगाउँदै गरेको फोटो निकै चर्चित भएको थियो ।

यी ठूला दरका नोटहरुले चल्तीको समयमा खोटो भए पनि त्यसपछि भने निकै मुल्य पाउँदै आएका छन् ।

कागजी खर्बपति बनेर रमाइलो गर्नका लागि धेरै संग्रहकर्ताले यस्ता नोट धेरै मुल्य हालेर किन्ने गरेका छन् ।

एउटा रोचक प्रसंग के छ भने, बसको टिकट पनि नआउने १ खर्ब जिम्बाब्वेन डलरको नोट आज बिश्वभरी सैयौं अमेरिकी डलरमा बिक्री हुने गरेको छ ।