फागुन ११ देखि जुत्ता मेला,२५ प्रतिशतसम्म छुट दिने
काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघले फागुन ११ देखि जुत्ता मेला आयोजना गर्ने भएको छ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने नाराका साथ फागुन ११ गतेदेखि हुने मेला ९ दिनसम्म चल्ने छ ।
मेलामा स्वदेशी कम्पनीहरुका ६० वटाभन्दा धेरै स्टल रहने छन् । मेलामा पाँच सय देखि ३५ सय रुपैयाँसम्ममा जुत्ता उपलब्ध हुनेछ । चप्पल र जुत्तामा ६ महिनाको वारेन्टीका साथै १५ देखि २५ प्रतिशतसम्म छुटको दिने आयोजकले आज आयोजित पत्रकार सम्मेलनमा जारी दिए । मेलामा खरिद गरिएका जुत्ता सट्टापट्टा गर्न सकिन्छ ।
नेपाली उत्पादनले देशमा खतप हुने छाला जुत्ताको ६० प्रतिशत बजार ओगटेको संघले जनाएको छ ।