माघ मसान्तसम्ममा १६ प्रतिशतमात्र विकास खर्च



काठमाडौं । माघ महिनामा पनि विकास खर्च बढाउन सरकार असफल भएको देखिएको छ ।

सरकारी खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले माघ मसान्तसम्ममा ५१ अर्ब ९५ करोड रुपैयाँ विकास खर्च गरेको छ । चालु आर्थिक वर्षको लागि विकास बजेटका लागि ३ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन भएकोमा माघ मसान्तसम्म १६.६५ प्रतिशत खर्च सरकारले गरेको छ ।
माघ मसान्तसम्ममा चालु खर्च भने ४०.४२ प्रतिशत भएको छ । चालु खर्चका लागि ६ खर्ब १७ अर्ब रुपैयाँ विनियोजन भएकोमा २ खर्ब ४९ अर्ब रुपैयाँ खर्च भएको हो । यस्तै वित्तीय व्यवस्था अन्तर्गत १ खर्ब २९ अर्ब रुपैयाँमा ३४ अर्ब रुपैयाँ खर्च भएको छ ।
सरकारले विकास खर्च नगरेपनि राजस्व उठाउन भने सफल भएको छ । सरकारले माघ महिनासम्ममा ३ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो वर्ष ५ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । माघसम्ममा यो वर्ष उठाउनुपर्ने लक्ष्यको ५६.६८ प्रतिशत राजस्व संकलन भएको छ ।


क्लिकमान्डु