अनुत्पादक क्षेत्रमा हुने लगानी रोक्नुपर्छ : अर्थमन्त्री महरा




नेपालगन्ज । उपप्रधान एव्म अर्थमन्त्री कृष्णबहादुर महराले अनुत्पादक क्षेत्रमा हुने गरेको लगानी रोक्नु पर्ने बताएका छन् । बजेटको सुझाव लिन नेपालगन्ज पुगेका महराले बजेट अहिले देखिएको तरलता समस्या समाधान हुनेगरी आउन लागेको बताएका छन् ।

कार्यक्रममा व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेट कृषि विकासकेन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७४÷०७५ को बजेट तथा राजस्व नीति तर्जुमा सम्बन्धमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा व्यापारी, उद्योगपति र सरोकार भएकाहरूसँग अन्तक्र्रियात्मक छलफल कार्यक्रमका सहभागीले प्रादेशिक संरचनानुसार बजेट बाँडफाँट गरिनुपर्ने, हिमाली भेगको विकास योजनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने, करको दायरा बढाइनुपर्ने, बजेट व्यवसायीमैत्री हुनुपर्नेलगायत सुझाव दिए ।

व्यवसायीको सुझाव लिएपछि उपप्रधानमन्त्री कृष्णबहादुर महराले उद्योगी व्यवसायीलाई न्याय दिन सक्ने र जनताको विकासलाई उचाइमा पु¥याउने बजेट ल्याइने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु