नेपाल एसबिआईद्वारा अनलाइन आस्वा र डिम्याट सेवाको सुरुवात



काठमाडौं । नेपाल एसबिआई बैंकले अनलाइन आस्वा र अनलाइन डिम्याट सेवाको सुरुवात गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले उक्त प्रविधिमा आधिरित सेवाहरुको शुरु गरे ।

आफ्ना सेवाग्राही/लगानीकर्ताहरुलाई नविनतम एवं आधुनिक प्रविधिमा आधारित सेवाहरु उपलब्ध गराउने बैंकको व्यबसायिक रणनितिक योजना अन्र्तगत अनलाइन आस्वा र अनलाइन डिम्याट सेवा सञ्चालनमा ल्याएको हो ।

अनलाइन आस्वा बैंकले आफ्ना सेवाग्राही/ग्राहकलाई धितोपत्र खरिदका लागि अनलाइन मार्फत आवदेन गर्न सकिने गरी विकास गरेको सुविधा हो । नेपाल एसबिआई बैंकको अनलाइन आस्वा सेवामा आवद्ध कुनैपनि ग्राहक/लगानीकर्ताले कुनैपनि कम्पनीको विभिन्न शेयरहरुलगायत सार्वजनिक निष्काशनमा बैंकमा उपस्थित नभईकनै आवेदन गर्न सक्दछन् । नेपाल एसबिआई बैंक अनलाइन आस्वा सेवा सञ्चालन गर्ने नेपालको पहिलो बैंक भएको दाबी गरिएको छ ।

यस अन्र्तगत ग्राहकको खाताको रकम रोक्का वा लियन राखेको वा त्यसको फुकुवा गरेको सूचना उत्पन्न गर्ने तथा सूचना स्वचालित रुपमा प्रदान गर्ने विशेषता समेत रहेको छ ।

नेपाल एसबिआई बैंकको अनलाइन डिम्याट सेवा बैंकले आफ्नो पुर्ण स्वामित्वको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि.सँगको सहकार्यमा विकास गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपाल एसबिआई बैंकले आफ्नो ६२ शाखा कार्यालयहरु, ७ विस्तारित काउन्टर, ३ क्षेत्रीय कार्यालय, प्रधान कार्यालय समेत गरी ७३ व्यवसायिक इकाई, ९३ एटिएमलगायत २ नगद जम्मा गर्ने मेशिन २ मोवाईल एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको जानकारी दियो ।


क्लिकमान्डु