भिबोर सोसाइटी र लुम्बिनी फाईनान्स गाभिने, चुक्ता पुँजी २ अर्व ३७ करोड पुग्ने



काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र र लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी एक आपसमा गाभ्ने र गाभिने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीपत्रमा भिबोर सोसाइटीका अध्यक्ष सुशिलराज पराजुली र लुम्बिनी फाईनान्सका अध्यक्ष चिन्तामणी भट्टराईले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट निर्दिष्ट चुक्ता पूँजी पुरा गर्दै बैंकको पूँजीगत आधार सुदृढ गरि प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने उद्धेश्यका साथ साथै जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धिका लागि एक सबल र सक्षम बिकास बैंकको रुपमा स्थापित भई ग्राहकहरुलाई अझ थप उत्कृष्ट सेवा प्रदान गर्ने उद्धेश्यका साथ यो समझदारी भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

दुवै संस्था मर्ज पश्चात् चुक्ता पूँजी २ अर्व ३७ करोड, निक्षेप १७ अर्व, कर्जा १५ अर्व तथा शाखा संख्या ४९ पुग्नेछ ।

मर्ज पश्चात बन्ने बिकास बैंकको नाम लुम्बिनी बिकास बैंक लिमिटेड रहने छ । अध्यक्षमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुशिलराज पराजुली रहनेछन् ।

बैंकको प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल रहने सहमती भएको जनाइएको छ । डिडिए रिपोर्ट आएपछि स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।


क्लिकमान्डु