चौधरी ग्रुप र निम्बसले युवाका नयाँ उद्यममा लगानी गर्ने

क्लिकमान्डु २०७३ माघ २३ गते १३:२१ मा प्रकाशित

काठमाडौं । चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले ४ सय भन्दा बढी उद्यमशिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै नेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायिक योजनामा आफुहरुले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरेका छन् ।

हिमालयन क्लाईमेट इनिसिएटिभले काठमाडौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा बोल्दै आनन्द बगरिया र निर्वाण चौधरीले सो घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै एचसिआईका संस्थापक प्रशान्त सिंहले नेपालबाट ठुलो संख्यामा बाहिरि रहेका युवाहरुका लागि रोजगारीका लागि कयौं अवसरहरुको सिर्जना गर्नु अहिलेको सबै भन्दा महत्वपुर्ण सामाजिक अनिवार्यता भएको बताए ।

कार्यक्रममा सिजि कर्पका निर्देशक चौधरीले सुचना प्रविधिका क्षेत्रमा रुची भएका नयाँ युवा उद्यमीलाई सहायता गर्न चौधरी ग्रुप प्रतिबद्ध भएको बताए । उनले युवाका नयाँ उद्यम तथा कम्पनिहरुलाई सहायता गर्न आफुहरु सँग प्रसस्त आर्थिक स्रोत उपलब्ध भएको पनि जानकारी दिए ।

सोही अवसरमा आफ्नो धारणा राख्दै निम्बस समुहका प्रबन्ध निर्देशक आनन्द बगरियाले नयाँ उद्यमसिलता दुवै तर्फबाट विकास हुन सक्ने बताए । पहिले उद्यमीहरुबाट अवधारणा आएपछि मात्र लगानीकर्ताले लगानी गर्छन भन्ने सामान्य धारणा रहेको बताउँदै आनन्दले धेरै जसो समयमा लगानिकर्ता आफैंले अवधारणाहरु विकास गरेपछि नयाँ प्रतिभाशाली युवा उद्यमीहरुले उक्त योजनालाई अघि बढाउन पनि सक्ने स्मरण गराए ।

फाइनान्स योर ड्रिम कार्यक्रम पश्चात दर्जनौ नयाँ उद्यमीहरुबाट प्रस्तुत व्यावसायिक योजनाका अवधारणालाई एचसिआईको नयाँ उद्यम विकास तथा विस्तार केन्द्रमा अझ परिस्कृत रुप दिईनेछ । लगानि योग्य त्यस्ता अवधारणाहरुलाई सम्भावित लगानिकर्ताहर समक्ष प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

श्रृङखलाबद्ध रुपमा आयोजना हुने फाइनान्स योर ड्रिम कार्यक्रमको सो पहिलो श्रृङखला हो । कार्यक्रमले नेपालमा स्रोत—साधन सम्पन्न व्यापारिक तथा व्यवासायिक क्षेत्रका व्यक्तित्वहरु लाई जुटाएर नयाँ युवा उद्यमीहरुको पारिस्थितिक पद्धतिको सुधार र उन्नतिका लागि प्रत्यक्ष योगदान गर्नमा सहयोग गर्ने बताइएकाे छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स