सुन्दर शहरभित्रको सकस जीबन (फोटो कथा)




मानव सभ्यता बढ्दो रुपमा सहरतिर सर्दैछ । तर, पृथ्बी भने फैलिँदै गएको छैन ।

यसको मतलब हाम्रा घर र अपार्टमेन्टहरु धेरै साना हुँदैछन् र हाम्रो बसोबासको तरिका निकै सघन हुँदै गैरहेको छ ।

केहि मान्छे ‘रुममेट’ सँग मिलेर बस्ने हुनाले अलि ठूलो अपार्टमेन्टमा बस्न सक्छन् । अरु भने गरिबी वा अन्य ब्यक्तिगत बाध्यताका कारण कुनै उपाय नलागी सानो ठाउँमा खुम्चिएर बस्न बाध्य हुन्छन् ।

हामीलाई थाहा छैन उनीहरु कसरी यस्तोमा बस्छन् । तर, जसरी भए पनि बसेका चाहिँ छन् ।

वाङ् चुनचुन, ९०, आफ्नो ६० बर्षीय छोरासँग १०७ बर्ग फिटका अपार्टमेन्टमा चीनको सांघाइमा बस्छन् ।

चीनको ठूलो निमार्ण कम्पनी ‘चाइना भान्के’ ले ग्वान्जाओको ‘रियलस्टेट फेयर’ मा प्रदर्शनीमा राखेको माइक्रो अपार्टमेन्ट ।

सबै साना अपार्टमेन्टमा झैं सामानहरुको उचित ब्यवस्थापन गर्न सके कोठा धेरै साँघुरो देखिदैंन ।

लस एन्जलसमा ग्यारेजलाई घर बनाएर बस्दै आएको एक परिवार । यो पविारले सन् २००९ मा आफ्नो घर लगायत सबै सम्पत्ति गुमाएको थियो ।

भारतको मुम्बईस्थित एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती धाराभी । यहाँ १० लाख भन्दा बढि मानिस बस्छन् ।

६० बर्ग फिटको अपार्टमेन्टमा आमा छोरा । आफू र आफ्नो छोराको लागि छानोको बन्दोबस्त गर्न यी आमाले महिनाको ४ सय ८७ अमेरिकी डलर खर्च गर्छिन् ।

चीनियाँ सहर ‘हेफि’ मा अस्पतालको बेडको खर्च बेहोर्न नसक्ने बिरामी नजिकैको अपार्टमेन्टको ८६ बर्ग फिटको कोठा भाडामा लिई उपचार गराउँदै ।

हङकङ सहरमा घर भाडा अत्याधिक महङ्गो भएका कारण मान्छेहरु ३५ बर्ग फिटको सानो ठाउँमा बस्न बाध्य छन् ।

साइमोन वोङ, ६१ बर्षीय एक बेरोजगार मानिस, हङकङमा ६ फिट लामो र ४ फिट चौडाई भएको ‘सानो बाकस’ मा बस्छन् ।

कोङ सुन जो दक्षिण कोरियाको सोलमा ट्वाइलेट र हट प्लेट छाडेर २१ बर्ग फिट ठाउँ भएको कोठामा बस्छिन् । बिजनेस इन्साइडर डट कमबाट


क्लिकमान्डु