पचहत्तरै जिल्लामा केटीसाथी बनाउने लक्ष्य थियो : कृष्णप्रसाद दुलाल




स्वास्थ्यप्रति निकै सजक हुनुहुन्छ जस्तो छ नि ?
सजग नै छु । स्वास्थ्यप्रति ख्याल गर्छु । एक्सरसाइज अलि कम नै गर्छु । खानापानमा अलिक विचार गर्छु । दैनिक दालभात तरकारी खान्छु । अन्य चिज खाईदैन ।

ड्रिग्स गर्नुहुन्न ?
हल्का डिंक्स गर्दछु । व्यवसाय शुरु गरेपछि पिउन थालेको हो । २२ बर्ष जति भयो ।

पढाइमा कस्तो हुनुहुन्थ्यो ?
शुरुमा अब्बल नै थिएँ । जान्ने नै भन्नुपर्छ । तर बिचमा लापरबाही गरे जस्तो लाग्छ । म स्कुल पढ्दा आफ्नै कक्षाका विद्यार्थीहरुलाई पढाउँथे । त्यसले गर्दा म जन्ने नै थिएँ होला । त्यति हुँदा हुँदैपनि म एसएलसी फेल भएँ ।

हामी ८/१० जना साथीहरु स्कूलको यूनिफर्म नहुँदा पनि एकै किसिमको ड्रेस लगाएर जाने गर्दथ्यौं । मान्छेले हेर्दा पनि रमिता जस्तो हुन्थ्यो ।

जान्ने मानिस पनि फेल हुदो रहेछ ?
एक वर्ष फेल भएँ । सबैले नआउने कुरा एसएलसीमा चोरेर लेख्थे । चोरी गर्ने क्रममा पक्राउ परेपछि गाह्रो भयो । अंग्रेजीमा १ अंक कम भएर फेल भएछु ।

सरकारी कि बोडिङ्ग स्कुलमा पढ्नु भएको ?
मैले नेपाली माध्यमको स्कूल पढेको हो । कलेज चाहिं महेन्द्र मोरंगमा पढेँ । त्यसपछि डिप्लोमा दमक कलेजमा पढ्न गएको । त्यहाँ पढे, जाँच पनि दिएँ, तर कम्प्लिट गर्न सकिँन र त्यसै छोडेँ ।

कति बजे अफिस पुग्नु हुन्छ ?
साढे ९ देखि साढे १० सम्ममा पुग्छु । करिब १२/१ बजेसम्म कार्यालयमा हुन्छु । त्यसपछि आफ्नो प्रोडक्टको मार्केटिंग गर्छु । नाडाको काममा पनि समय दिने गरेको छु । उद्योग बाणिज्य संघको कार्यक्रमहरु भए त्यतापनि समय दिने गरेको छु । जेसिसको काममा पनि सहभागी हुन्छु । अन्य काम नभएको बेलामा आफ्नो कम्पनीको मार्केटिंङ गर्छु । आफ्नो प्रोडक्टको प्रमोशन गरिरहन्छु ।

साइकल किन्छु भन्ने चाहि थियो । त्यसबेला सबैभन्दा ठुलो इच्छा माउन्टेन बाईक भर्खर चलेको हुँदा आफैं किन्ने थियो । पछि ठूलो भएपछि भने मारुती कारमा चढेर बाजा बजाएर बिहे गर्छु भन्ने थियो । त्यो बाहेक अन्य कुनै इच्छा थिएन ।

स्कुले जीवनमा झगडा कत्तिको गरिन्थ्यो ?
स्कूलमा भयंकर झगडा हुन्थ्यो । मेरो हाइट अरुको तुलनामा सानो हुँदा ठूलासँग छिटो निहुँ खोज्न सकिन्थ्यो । मान्छे पिट्ने चैँ गरिनँ । आफूलाई प्रतिकार गर्ने बाहेक हातै हालेर झगडा गरिएन । स्कूलमा म आफैं पनि संगठन गर्ने पक्षको मान्छे थिएँ । स्कूले जीवनमा म फुटबल खेलाउँथे । स्कूलमा जाँदा पनि एउटै ड्रेस लगाएर जानु पर्दछ भन्नेर प्रबद्र्धन गर्ने गर्दथे । हामी एकजुट भयौं भने कसैले हराउन सक्दैन भनेर एक जुट बनाउने गर्दथेँ । हामी ८/१० जना साथीहरु स्कूलको यूनिफर्म नहुँदा पनि एकै किसिमको ड्रेस लगाएर जाने गर्दथ्यौं । मान्छेले हेर्दा पनि रमिता जस्तो हुन्थ्यो ।

झगडानै गरेको यादआउने घटना अहिले सम्झना छ ?
सम्झना आउने भगडा भने २०४५ सालको हो । महेन्द्र मोरंगमा पढ्दाको समयको छ । त्यसबेला दुईवटा घरमा भाडामा बस्ने विद्यार्थीबिच झगडा भएको थियो । म अलि सानो भएको हुँदा निहुँ खोज्नका लागि मैले उनीहरुको खाना खाने बेलामा रिजल्ट आएको पत्रिका हेर्न नदिने भनेर च्यातेर फ्याँकी दिए त्यो घटना पछि युद्ध जस्तै भयो । तर म भने सानो भएको हुँदा कहाँ हराएँ कहाँ । त्यो निकै ठूलो झगडा भयो । पुलिस पनि आयो । र, मलाई कसैले वास्ता गरेन । अहिले त्यो मैले गरेको गल्ति थियो भन्ने लाग्छ ।

बाल्यकालमा के बन्छु जस्तो लागेको थियो ?
म राम्रो विद्यार्थी भएपनि केहि बन्छु भन्ने थिएन । साइकल किन्छु भन्ने चाहि थियो । त्यसबेला सबैभन्दा ठुलो इच्छा माउन्टेन बाईक भर्खर चलेको हुँदा आफैं किन्ने थियो । पछि ठूलो भएपछि भने मारुती कारमा चढेर बाजा बजाएर बिहे गर्छु भन्ने थियो । त्यो बाहेक अन्य कुनै इच्छा थिएन । सानै परिवेसमा हुर्केको हुँदा धनीहरुले पनि त्यसबेला साइकल चढेको देखिन्थ्यो । त्यसैले पनि साइकल किन्नु नै ठूलो सपना जस्तो लाग्थ्यो ।

एसएलसी फेल भएपछि के गर्नु भयो ?
फेल भएपछि गाउँमै ट्यूसन पढाएँ । पासै भएको भए पनि त्यसबेला कलेज पढ्न सक्ने स्थिति थिएन । र गाउँमै पढाएर पैसा जोहो गरेँ । ट्यूसन पढाएर ५/६ सय रुपैयाँ जम्मा गरें । अर्को बर्ष महेन्द्र मोरंगमा भर्ना भएँ । भर्ना शुल्क खर्च २ सय ४० जति थियो । बाँकी पैसाले डेरा खोजेर बसें ।

मैले लेखन्दास हुँदा नागरिकता बनाउने फर्म भर्दथें । एउटा फारम भरेको १० रुपैंया लिन्थ्यौं ।

सुरुमा गरेको काम के हो ?
मालपोत, जिल्ला पञ्चायत, सिडियो कार्यालयमा लेखन्दास काम गरेँ । त्यसपछि कलेज सकियो । डिप्लोमामा फेल भएँ । त्यसपछि मेसिनरी पसलमा काम गरेँ । मासिक तलब २ सय थियो । मेरो काम पसल खोल्ने र बढार्ने थियो । यति गरेपछि पढ्न जान्थेँ । त्यो पसलमा काम गर्दा गर्दै मेसिनरीको बारेमा जानकारी भयो । पछि भाइलाई त्यो पसलमा काममा राखेर म भने पश्चिमतिर जागिर खान गएँ । अत्तरियामा गएर ५/६ महिना जागिर खाए । त्यसपछि दिल्लीमा काम गर्न गएँ । दिल्लीमा पनि मैले मेसिनरी, जेनेरेटर, स्पेयर पार्टसको सपिंग गर्ने काम पाएँ । यता भाइले पनि मेसिनरीमै काम सिकिरहेको थियो । दिल्लीबाट केही पैसा जोगाएर ल्याएर ४०/५० हजारको लगानीमा बिराट चोकमा सत्कार मेसिनरी कन्सर्न भनेर मेसिनरी पसल खोल्यौं ।

त्यसबेला सरकारले अनुदान दिने सिस्टम थियो । र, सरकारले किसानहरुलाई एग्रिकल्चरका लागि अनुदान दिन्थ्यो । अनुदानको कारण किसानहरुको क्रयशक्ति धेरै थियो । बिराटचोकमा मेसिनरी पसल खोलिसकेपछि किसानले मेसिन किन्न सक्थे । ठिक समयमा र ठिक ठाउँमा खोलेको हुँदा व्यापार फस्टाउँदै गयो । ४/५ वर्ष व्यवसाय गरियो र त्यसबाट हामी अगाडि आयौं ।

पैसा धेरै कमाउन नसकेपनि बार्षिक टिडिएस, भ्याट र आयकर गरेर झण्डै ५ करोड रुपैयाँ सरकारलाई कर तिर्न सक्ने भएका छौं ।

लेखनदास हुँदाको कमाई याद छ ?
मैले लेखन्दास हुँदा नागरिकता बनाउने फर्म भर्दथें । एउटा फारम भरेको १० रुपैंया लिन्थ्यौं । एक दिन मलाई विज्ञान पढाउने गुरु छोरीको नागरिकता बनाउन आउनुभएको थियो । मैले उहाँको फारम भरेपछि उहाँले जबदस्ती १० रुपैंया दिनुभयो । काम गरेको पैसा लिनुपर्छ भन्ने कुरा मैले त्यहीँबाट सिकें । यो काम पनि साथीसाथी मिलेर गरेका थियौं । त्यसबेला दिनभरीमा करिब १०० रुपैंया कमाउँथ्यौं । र त्यो ठूलो रकम थियो । त्यसबेला सुब्बाको पनि मासिक तलब करिब २५ सय ३ हजार जति हुन्थ्यो । हामी पनि दैनिक १०० रुपैंया कमाउने टार्गेट राख्थ्यौं ।

५० हजार लगानीबाट सुरु गरेको व्यवसाय अहिले कति मुल्यको छ ?
त्यो व्यवसाय त त्यति ठूलो भएको छैन । त्यो पसल छँदैछ । यसको माध्यमबाट हामीले उद्योगमा लगानी गर्यौ । पुर्वाञ्चल ल्युव आयल २०५८ सालमा स्थापना सँगसँगै हामी व्यवसायी भयौं । पैसा धेरै कमाउन नसकेपनि बार्षिक टिडिएस, भ्याट र आयकर गरेर झण्डै ५ करोड रुपैयाँ सरकारलाई कर तिर्न सक्ने भएका छौं ।

प्रेम पत्रको त संग्रह नै लेखें । अझै पनि मैले पठाएका साथीहरुले त्यो पत्र राखेका छन् भन्ने सुनेको छु ।

साहित्यसँग तपाईको झुकाव देखिन्छ नि ?
एकान्तमा बसेपछि साहित्य स्वतः आउछ । बिचमा रोकिएको थियो । पछि भर्रखरै सुरु गरेको छु ।

कति बर्षको भएपछि लब पर्न थाल्यो ?
साथीहरुले भन्दा १२/१३ बर्षको हुँदा मेरो लब पर्यो । त्यतिखेर उनलाई हेरेर केही हरफहरु लेख्न सुरु गरेको हुँ । युवा मञ्चमा २÷४ पटक कबिताहरु छपाए पनि । अझै केही नयाँ मान्छे भेटिदा लेख्नु हुन्थ्यो भनेर भन्छन् । सबै जिल्लामा कम्तिमा एक जना केटी साथी बनाउने मेरो लक्ष्य थियो । १० जिल्ला जतिमा सफल पनि भएँ ।

१२/१३ बर्षको हुँदा परेको लवलाई सम्झेर कतिवटा कबिता लेख्नु भयो ?
त्यस्तै ८/१० वटा ।

किन ७५ जिल्लामा केटी नै साथी खोज्नुभएको नि ?
ती साथीहरुको नामबाट ७५ जिल्ला गएर कबिता लेख्ने सोच थियो । तर, पुरा भएन । बिना प्रेम कबितामा भाव नआउने हुँदा त्यो प्रयास थियो ।

प्रेमपत्र कति लेख्नु भयो ?
प्रेम पत्रको त संग्रह नै लेखें । अझै पनि मैले पठाएका साथीहरुले त्यो पत्र राखेका छन् भन्ने सुनेको छु । एकै जनालाई ५ सय जति पत्र लेखेको छु ।

तपाँई त पुरै श्रीकृष्ण नै हुनुहुँदो रहेछ त ?
(लामो हासो) बुवाले सायद यो कुरा थाहा पाएरै मेरो नाम राखिदिनु भएको थियो होला कि ।