सुरुमा ५५ सय रुपैयाँ तलबबाट काम थालेको, अहिले २५ हजार छ : राजन शर्मा



कति वर्ष हुनुभयो ?
म ठ्याकै भन्नुपर्दा ५३ वर्ष भए ।

५३ वर्षजस्तो देखिनुहुन्न त्यसको राज के हो ?

सुगर छ, प्रेसर पनि छ, खानपिन समय मिलाएर खान्छु, कहिलेकाहिँ सोना बाँथ लिन्छु, त्यही हो ।

सधैँ हाँसी रहनुहुन्छ ?
हाँसी नै रहन्छु, मेरो सिद्धान्त भनेको जति धेरै हाँसिन्छ, त्यति नै जवान भइन्छ जस्तो लाग्छ । दार्जिलिङमा हुर्केको मान्छे गाँउले परिवेशमा हुर्केको मान्छे । सनकपुर सुन्तलाका लागि प्रसिद्ध र अहिले हात्तीका कारण प्रसिद्ध रहको गाउँबाट पढ्न दार्जिलिङ गएको हुँ । मेरो बुवा, फुपु दार्जिलिङ पढ्नुभएको हो । मेरो मामा घर काठमाडौंमा थियो र मेरो जन्म काठमाडौंमा नै भएको हो ।

पढाईमा कतिपटक फेल हुनुभयो ?
क्याम्पस लेभलमा नेपाली विषयमा फेल भए । दार्जिलिङमा नेपाली पढ्नु नपर्ने यहाँ पढ्नुपर्ने भएकाले फेल भए । पहिलो वर्ष बिग्रियो दोस्रो वर्ष उत्र्तीण भए ।

अहिले सम्झदा नेपालीमा किन फेल भए होला जस्तो लाग्दैन ?
सम्झन्छु, जान्दिन थिए, त्यसैले फेल भएँ जस्तो लाग्छ । बच्चामा पढ्नु परेको थिएन, पछि आएर नेपाली पढ्नु परेकाले अलि समस्या भयो । त्यसैले फेल भएको त्यति साह्रो पछुतो छैन । फेल हँुदैमा जीवन समाप्त हुने हैन, तर फेल हुनुको कारण पत्ता लगाउन सक्नु मुख्य कुरा हो । विस्तारै व्यापारमा लागे पैसा कमाउन जाने र यही रहेछ जिन्दगीजस्तो लाग्न लाग्यो ।

भनेपछि लगनशील हुनुहुन्थ्यो ?
अहिले ५१ वर्षको उमेरमा कलेज गएर एमए सोसियोलोजीमा पास गरे । अझै थेसिस लेख्दैछु ।

व्यवसाय कहिलेबाट सुरु गर्नुभयो ?
साँचिकै भन्नुपर्दा मैले १९/२० वर्षको उमेरदेखि नै व्यावसायिक जीवन सुरु गरे । एसएलसी पास गरेर काठमाडौं आउनेवित्तिकै पदमकन्या स्कुलमा शिक्षकको रुपमा काम गरे । ३ वर्ष स्कुलमा पढाए । एकदिन पत्रिकामा सांग्रिला होटलको ग्राडेन एकदमै राम्रो छ भन्ने सुने, अनि होटलको ग्राडेन हेर्न गए । त्यहाँको साहू बंगालको भन्ने थाहा पाएर एकपल्ट काम भन्नुपर्यो, भन्ने सोचेर कामको कुरा गरे । काम पनि मिल्यो । त्यहाँ पनि ३/४ वर्ष काम गरेपछि मलाई दिउँसो क्याम्पस पढ्नका लागि समय नमिलेका कारण काम छोडे ।
त्यसपछि जेटेक्स भन्ने कम्पनीमा करिब–करिब ११ वर्ष काम गरे छोडेपछि मैले आफ्नो कम्पनी सुरुवात गरेको हो ।

सांग्रिलामा जागिर खाँदा तलब कति थियो ?
५५ सयबाट सुरु गरेको पछि दोस्रो महिनाबाट नै १५ हजार दिएका थिए ।

आफ्नै व्यवसाय सुरु गरेपछि अहिलेसम्म कतिवटा कम्पनी खोल्नुभयो ?
मसँग एउटामात्रै कम्पनी छ ‘क्वालिटी फ्रेड सर्भिस’ । पछि ‘क्वालिटी इन्टरनेस्टल’ भन्ने कम्पनी पनि सुरु गरेको थिए, भनेको अनुसार काम गर्न नसकेका कारण कम्पनी बन्द गरे ।

तपार्इंको कम्पनीको ‘टर्न ओभर’ कति छ ?
‘टर्न ओभर’को हिसाबले हेर्नुहुन्छ भने यस वर्ष ८ करोडको देखियो, फाइदाको हिसाबले हेर्नुहुन्छ १८ लाखभन्दा धेरै भएन ।

तलब कति खानुहुन्छ ?
२५ हजार ।

२५ हजार तलबले कार चढेर हिँड्न पुग्छ ?
२५ हजार तलब भयो, एउटा घर छ, झापामा ३/४ विगाह जमिन छ, पुर्खौली घरमा सटरहरू छन् त्यसको भाडा पनि आउँछ ।
मेरो अफिसको करिब–करिब २८ लाख जति खर्च छ । वर्षमा त्यही १०/१२ लाखभन्दा धेरै बच्दैन, महिनाको १ लाखभन्दा बढी किन चाहियो ? त्यति पैसाले पुगिहाल्छ । अझ घर भाडाबाट १ लाख उठ्छ, महिना २ लाख भए घर खर्च काफी हुन्छ ।

म्याडमलाई पैसा दिनु पर्दैन ?
घर भाडाबाट आउने ३० हजार श्रीमतीको तलब हो । मेरो २५ हजारमा पनि म धेरै खर्च गर्दिन ।

खानपीनको कतिको सोखिन हुनुहुन्छ ?
खानपीनमा त्यही सोख छैन, धेरैजसो घरमै खान्छु, बाहिर खाने भनेको यसो कुनै कार्यक्रममा गएको समयमा हो ।

त्यसो भए न्यून खर्चमा चल्छ ?
म रिर्सच गर्छु, पेपर प्रेजेन्टेसनका लागि विदेश गइराख्नुपर्ने हुन्छ । त्यसो गर्दा अलिअलि कमाई पनि हुन्छु । आफ्नै खल्तीको पैसा हालेर विदेश गएको भनेको एकपटक अमेरिकामात्रै हो ।

बिहे गरेको कति वर्ष भयो ?
करिब–करिब २४ वर्ष ।

स्कुलको कम्पाउन्ड हामीलाई जेलजस्तै लाग्थ्यो र स्कुलभित्र झगडा गर्ने हिम्मत हुदैन थियो । तर पनि स्कुलको कम्पाउण्ड बाहिर भागेर चरा मार्ने र गुँड खोज्नेजस्ता कार्यहरू लुकिछिपी गरिरहेका हुन्थ्यौं ।

लभ कि एरेञ्ज ?
एकदमै एरेञ्ज ।

लभको प्रस्ताव कतिको आयो ?
मैले एग्लोइग्लिस स्कुल पढेको हुँ । हामीलाई २ कक्षा पढ्दादेखि नै ‘लभसभ’ भन्ने केही हैन भनेर पढाइन्थ्यो । हाम्रो समाज ओपन थियो, हाम्रा शिक्षक र प्रधानाध्यापक बेलायती थिए । हामी दार्जिलिङमा पढेको मान्छे काठमाडौं पढ्न आउँदा यहाँका मान्छेहरू कोदेजस्तो लाग्थ्यो ।

विद्यार्थी जीवनमा ‘लभ लेटर’ कति लेखियो ?
विद्यार्थी जीवनमा अटोग्राफ, लभलेटर लेखिन्थ्यो । तर, स्कुलमा त्यसलाई त्यही ठूलो इस्यूको रुपमा लिईंदैन थियो । हाम्रा लागि सामान्य नै थियो । हामी केटाकेटीहरूसँगै नाच्थ्यौं ।

नेपछि सबै कुरा खुल्ला थियो, स्कुलमा ?
ब्रिटिसले चलाएको स्कुल हो, पढाई राम्रो हुने भैहाल्यो । स्कुल एकदमै ठूलो थियो ।

स्कुलमा गरेको बद्मासी याद छ ?
महिनामा एकपटक स्कुलमा सिनेमा देखाइन्थ्यो । त्यसले हामीलाई चित्त बुझ्दैन थियो र स्कुलबाट भागेर ‘नाइट शो’ हेर्न गइन्थ्यो । स्कुलको कम्पाउन्ड हामीलाई जेलजस्तै लाग्थ्यो र स्कुलभित्र झगडा गर्ने हिम्मत हुदैन थियो । तर पनि स्कुलको कम्पाउण्ड बाहिर भागेर चरा मार्ने र गुँड खोज्नेजस्ता कार्यहरू लुकिछिपी गरिरहेका हुन्थ्यौं ।

राजनीतिमा लाग्ने मन भएन ?
आजसम्म लागेको छैन । चेम्बरमा मा राजनीतिभन्दा पनि केही राम्रा प्राइभेट सेक्टरको लागि गर्न सकिन्छ र सरकारले पनि प्राइभेट सेक्टरलाई राम्रो बुझ्नसक्छ भनेर म उद्योग बाणिज्य महासंघमा गएको हुँ । तर, प्राइभेट सेक्टरले नै प्राइभेट सेक्टरलाई प्राथमिकतामा राखेर काम गर्ने गरेको पाइन । अहिले मलाई मानिसहरूले गाली गर्ने गर्छन्, तिमी राजनीति गर्ने मान्छे कि व्यापार गर्ने भनेर ।


क्लिकमान्डु