६ महिनामा ग्लोबल आइएमईले कमायो करिब एक अर्ब नाफा



काठमाडौं। ग्लोबल आइएमई बैंकले ६ महिनामा ९० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको भन्दा नाफामा ग्लोबल आइएमईले २० प्रतिशत बढाएको हो । अघिल्लो वर्ष पुस मसान्तमा नाफा ७५ करोड थियो ।

बैंकले ब्याज आम्दानी मार्फत १ अर्ब ६७ करोड कमाएको छ । यस्तै अघिल्लो वर्ष नठेको १९ करोड रुपैयाँ ऋण उठाउन सफल भएको देखिन्छ । ७ अर्ब १५ करोड चुक्ता पुँजी भएको बैंकले पुस मसान्तसम्ममा ८४ अर्ब १२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ७१ अर्ब ५१ करोड रुपैयाँ गरेको छ ।

७८ प्रतिशत सीडी रेसियो रहेको बैंकको रिर्टन अन इक्युटी(आरओई) भने यथावत छ । अघिल्लो वर्ष १८.८६ प्रतिशत रहेको आरओई यो वर्ष पनि १८.८६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु