बैंकहरुमा सकियो ऋण दिने पैसा, अब कूल निक्षेपको १ प्रतिशत भन्दा कम मात्रै बाँकी




काठमाडौं । बाणिज्य बैंकहरुमा कर्जा दिन मिल्ने पैसा सकिएको छ । सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक जस्ता बैंकहरुमा पनि कर्जा दिन मिल्ने रकम लगभग सकिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल केशरी शाहले कर्जा दिन मिल्ने पैसा (तरलता) कूल निक्षेपको १ प्रतिशतभन्दा पनि कम रहेको जानकारी दिए ।

बाणिज्य बैंकहरुले कर्जा दिन सक्ने गरी रहेको ४१ अर्ब ६१ करोड रुपैयाँमध्ये पनि २४ अर्ब ७८ करोड रुपैयाँ एउटा बैंकमा मात्रै छ । कर्जा दिन सक्ने क्षमता भएको यस्तो बैंक सिसिडी रेसियो ६७ प्रतिशत रहेको बैंक हो । जुन बजारमा बाणिज्य बैंकहरुले दिन सक्ने कूल कर्जाको करिब ६० प्रतिशत हुन आउछ ।

गत पुस मसान्तमा बाणिज्य बैंकहरुसँग स्वदेशी मुद्रामा कूल निक्षेप १८ खर्ब रुपैयाँ छ । यस्तै १५ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । सो अवधिमा बाणिज्य बैंकहरुको ‘कोर क्यापिटल’ २ खर्ब १८ अर्ब रुपैयाँ छ ।

यो तथ्यांकले बैंकहरुसँग अब कर्जा दिन मिल्ने रकम ४१ अर्ब ६१ करोड रुपैयाँ मात्रै भएको देखाएको छ ।

सो अवधिमा बैंकहरुको कर्जा पूँजी- निक्षेप- अनुपात (सिसिडी रेसियो) ७८ प्रतिशत पुगेको छ । बैंकहरुको यस्तो अनुपात ८० प्रतिशतभन्दा बढी हुन मिल्दैन । पुस मसान्तसम्ममा बाणिज्य बैंकहरुले आफ्नो अधिकतम सीमामा पुग्न थप २ प्रतिशत मात्रै बाँकी थियो ।

पुस मसान्तसम्मको तथ्यांकले नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि बैंक पनि अब कर्जा दिन सक्ने अवस्थामा नरहेको देखाएको छ । यी बैंकहरुको सिसिडी रेसियो ७९ प्रतिशत पुगिसकेको छ ।

तथ्यांक अनुसार एउटा बाणिज्य बैंकको सिसिडी रेसियो ६७ प्रतिशत मात्रै छ । यस्तै तीनटा बाणिज्य बैंकको सिसिडी रेसियो ७६ प्रतिशतभन्दा माथि छ ।

चार बाणिज्य बैंकको सिसिडी रेसियो ७७ प्रतिशतभन्दा माथि छ । आठ वटा बाणिज्य बैंकको यस्तो रेसियो ७८ प्रतिशतभन्दा माथि छ भने अरु ११ बाणिज्य बैंकको सिसिडी रेसियो ७९ प्रतिशतभन्दा माथि छ । एउटा बाणिज्य बैंकको सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ । सो बैंकले अब निक्षेप नबढिकन थप एक रुपैयाँ पनि कर्जा दिन सक्दैन ।

बाणिज्य बैंकहरुले कर्जा दिन सक्ने गरी रहेको ४१ अर्ब ६१ करोड रुपैयाँमध्ये पनि २४ अर्ब ७८ करोड रुपैयाँ एउटा बैंकमा मात्रै छ । कर्जा दिन सक्ने क्षमता भएको यस्तो बैंक सिसिडी रेसियो ६७ प्रतिशत रहेको बैंक हो । जुन बजारमा बाणिज्य बैंकहरुले दिन सक्ने कूल कर्जाको करिब ६० प्रतिशत हुन आउछ ।

बाँकी २७ बाणिज्य बैंकहरुमा कर्जा दिनको लागि जम्मा १६ अर्ब ८३ करोड रुपैयाँ मात्रै बाँकी छ । यो रकम कूल निक्षेपको ०.९९ प्रतिशत मात्रै हो । बैंकहरुको चुक्ता पूँजी १ खर्ब ३५ अर्ब रुपैयाँ पुगिसकेको छ ।


क्लिकमान्डु