यहाँ दोषी उद्योगी हो, दलाली गरेको भए हुँदैन थियो



उद्योग व्यवसायमा तपाई विरासतको रुपमा प्रवेश गर्नुभयो । तपाईको सोच अनुसार व्यवसाय अगाडि बढाउन कत्तिको सहज छ ?
समय परिवर्तनशिल छ । त्यो परिवर्तनलाई समयसँग परिवर्तन गर्न सकेमा हामीले काम गर्न सक्छौ । व्यवसायमा धेरैको विरासत छ । समयकाल तथा परिस्थिती अनुसार परिवर्तन हुन सकेमा उनीहरुको ग्रोथ हुन सक्छ कतिपय अवस्थामा नहुँनपनि सक्छ । जसले समयलाई जान्यो उसले प्रगति गर्न सक्छ ।
जसले आफ्नो पुरानो बिरासत मात्र सम्झेर अगाडि बढ्छ उसले भने केहीपनि गर्न सक्दैन । तर, विगतका राम्रो कामलाई अगाडि लैजानुपर्ने हुन्छ । सयम अनुसार कुन क्षेत्रमा लगानी गर्दा ठिक हुन्छ त्यो अनुसार चल्नुपर्छ ।

पछिल्लो समय स्थापित उद्योगी व्यवसायीपनि ट्रेडिङमा आइरखेका छन् । तपाईहरुको फोकस भने अहिलेपनि उद्योगमा मात्रै छ किन ?
सजिलो काम गर्नमा मजा आउँदैन । चुनौतिमा काम गर्न मजा आउँछ । चुनौती फेस नगर्ने मान्छे फेल हुन्छ । ट्रेडिङमा काम गरेपछि त्यो व्यवसायिक कहिलेपनि फर्केर उद्योगमा आउँदैन । सहज भएर काम गरेर हुँदैन । यदी मैले ४ ओटा ट्रेडिङ कम्पनी खोले भने भएको उद्योगपनि बन्द गर्छु । म छोरोको पुस्तामा जाँदासम्म उद्योगपति रहने अवस्था हुँदैन । म व्यापारी मात्र रहन्छु । त्यसैले हामी ट्रेडिङमा जाँदैनौ ।

उद्योग गर्न धेरै कठिन छ होइन ?
उद्योग गर्न सजिलो छैन । तर,जति काम गर्न असजिलो हुन्छ त्यो क्षेत्रमा प्रतिस्पर्धा कम हुन्छ । भोलिको दिनमा प्रतिस्पर्धा ट्रेडिङमा हुन्छ । एकले अर्काको कम्पनी तान्ने र चुक्ली लगाउने हुन्छ ।

तपाईले ९९ प्रतिशत समस्या समाधान गर्नुभयो १ प्रतिशत समस्या समाधान गर्न सक्नु भएन उद्योगमा त्यही ठूलो समस्या भएर निम्तन्छ ।

तपाईले आज सोच्नुभयो, उद्योग खोल्नुभयो । जसको बजारपनि राम्रो छ र तपाईसँग लगानी गर्नको लागि पुँजीपनि छ । तर,उद्योग खोल्नको लागि जग्गा चाहियो । सबैभन्दा बढी समस्या जग्गामा छ । उद्योग नलगाउँदासम्म केही समस्या छैन । विभिन्न सरकारी निकायको अनुमती लिनुपर्छ त्यो त्यति सहज छैन । स्थानिय मानिसहरुको इच्छा आंकक्षा पुरा गर्नुपर्ने हुन्छ । त्यसपछि पैसा कमाउने त कहिले कहिले ।

१ अर्ब रुपैयाँ उद्योग खोल्न पर्ने भयो भने पैसा कति खुवाउनुपर्छ ?
कस्तो प्रकृतिको उद्योग हो त्यसमा भर पर्छ । सिमेन्ट उद्योगमा वातावरणको अनुमति देखि बाटो पु¥याउनुपर्ने हुन्छ । नयाँ मानिसलाई उद्योग खोल्ने भनेको धेरै नै गा¥यो कुरा हो । यस्तो फिक्स भने हुँदैन । तपाईले ९९ प्रतिशत समस्या समाधान गर्नुभयो १ प्रतिशत समस्या समाधान गर्न सक्नु भएन उद्योगमा त्यही ठूलो समस्या भएर निम्तन्छ ।

तपाईले यो भनेपछि मुलुकको ठूलो समस्या भष्ट्राचार हो भनेर बुझदा हुन्छ ?
भष्ट्राचार यहाँमात्र होइन, संसारभर छ । समस्या भष्ट्राचार होइन । काम गर्ने वातावरण हुनुप¥यो । कुन देशमा भष्ट्रचार छैन । कम र बढी मात्र हो । बाहिर काम हुन्छ हाम्रोमा भष्ट्राचार मात्र हुन्छ ।

भनेपछि दोषी त तपाईहरु पो हुनु हुँदो रहेछ है ?
दोषी उद्योगपति हो । उसले जग्गा दलाली गरेको भए दोषी हुँदैन थियो ।

त्यसो भए उद्योग गर्न मज्जा के हुने रहेछ त ?
सबैभन्दा बढी मज्जा म तपाईहरुसँग कुरा गरिरहेको छु । जग्गा दलाल भएको भए यसरी कुरा हुँदैन थियो । उद्योगमा प्रतिस्पर्धा छैन, पैसा विस्तारै कमाउने हो । पैसा कमाउनको लागि उद्योग गर्न पर्दैन । जग्गा दलाली गरेमा जति पनि पैसा कमाइन्छ । यती धेरै मेहनत गरेर थोरै पैसा कमाउने चाहना मानिसलाई हुँदैन ।

जसले आफ्नो पुरानो बिरासत मात्र सम्झेर अगाडि बढ्छ उसले भने केहीपनि गर्न सक्दैन । तर, विगतका राम्रो कामलाई अगाडि लैजानुपर्ने हुन्छ ।

भनेपछि उद्योग खोल्नु समाजसेवा हो ?
समाजसेवा होइन । हाम्रो इज्जत र मान प्रतिष्ठा होस् भन्ने चाहन्छौ । जन्मेपछि देशको लागि केही गर्नपर्छ । जसले जतिसुकै जे कुरा गरेपनि उद्योगको बिकल्प छैन । बाहिरबाट आएको रेमिटेन्सले कतिदिन पेट्रोल ल्याएर हुन्छ । मैले के बुझेको छु भने उद्योग धन्दाको विकास नहुँदासम्म देशको विकास हुँदैन । देशलाई अगाडि बढाउन उद्योग बाहेक अरु बिकल्प छैन ।

उद्योगमा थप लगानी गर्दै हुनुहुन्छ ?
सधै गरिरहेको छु । हाम्रो औषधी उद्योग भयो, सिमेन्ट उद्योग भयो । औषधीमा प्याकेजिक बस्तु बाहिरबाट आयात हुने गर्छ । औषधीको प्याकेजिङ उद्योग लगाउने तयारीमा छौ । नयाँ प्रोजेक्ट जग्गा लिएर काम सुरु भइसकेको छ । यसमा हामीले १० देखि १२ करोड रुपैयाँसम्म लगानी गर्दै छौ ।

हामीले एउटा काममा हात हालेपछि त्यसमा सफलता भएपछि मात्र अर्को क्षेत्रमा हात हाल्ने गर्छौ । एउटा उद्योग संचालन भएपछि अर्कोमा लगानी गर्ने हो । त्यसोगर्दा एउटा उद्योगको समस्या अर्कोमा नपर्ने हुन्छ ।

उद्योग बाहेक तपाईहरु सर्भिस सेक्टरमा लगानी गर्नु भएको छ । बैकिङ क्षेत्रमा लगानी बढाउनुको कारण के हो ?
बैकिङ क्षेत्रमा पहिलेदेखि नै हामी छौ । यसमा पुँजी बढेपछि लगानी थप्दै जाने हो ।

त्यस बाहेक डाटा सेन्टर हामीले खोलेका छौ । हरेक बैंकको डाटा त्यहाँ सुरक्षित हुनेगरी काम गरेका छौ । बैंकको सबैभन्दा ठूलो सम्पत्ती भनेको डाटा हो । म पनि त्यही सेक्टरको व्यक्ति भएको हुँदा चार पाँच जना साथीहरु मिलेर सिंगापुरको कम्पनीसँग सयुक्त रुपमा डाटा कम्पनी खोलेका छौ । त्यो कम्पनी भएको ठाउँमा आगलागी भएपनि चार पाँच कम्युटर तथा सर्भरमा पनि केही हुदैन । एउटा सेन्टर थापाथलीमा बनाएका छौ भने अर्को बुटबलमा बनाएका छौ । अलग अलग क्षेत्रमा त्यो राखेको हुँदा डाटा लस हुने कुरा हुँदैन । दुई स्थानमा डाटा स्टोरेज हुन्छ ।

सबैले होटल खोली राखेका छन् । तपाईहरु पनि जाने सोचमा हो ?
हामी अहिले यसमा जाने सोचमा छैनौ । होटल खोल्नको लागि त्यो अनुसार पर्यटक आउनुपर्छ । एअरपोर्टमा समस्या छ ।

पूर्वाधार विकासमा निजी क्षेत्रले लगानी गर्न नसक्ने हो ?
तत्काल पूर्वाधार क्षेत्रमा निजी क्षेत्रले काम गर्न सक्दैन । यसको काम गर्ने भनेको सरकारले हो ।

तपाई युवा उद्यमी हुनुहुन्छ । यस क्षेत्रमा युवाहरु आउन चाहन्छन् । कसरी आउने ?
तपाई उद्यमी बन्न चाहने हो भन्ने साच्चिकै सोच बनाउनुहोस । सोच भएन भने के काम । सोच बनाएपछि समस्याहरु धेरै आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भनेर काम गर्नुपर्छ । कुन क्षेत्रमा लगानी गर्ने हो त्यसको बारेमा अध्ययन गर्नुपर्छ । पुँजी भन्ने कुरा ठूलो हुँदैन । सोच र कमिट्मेन्टले सफल हुन सकिन्छ । जोखिम न्यूनिकरणको लागि साझेदार बनाउन सकिन्छ ।

जोखिम न्यूनिकरण कसरी गर्न सकिन्छ ?
यसको लागि पहिले प्रोपटीको अध्ययन गर्नुपर्छ । यसको लागि साझेदारी व्यवसायमा काम गर्नुपर्छ । कसको कुन क्षेत्रमा योग्यता हुन्छ कसैको के मा हुन्छ । यसलाई व्यवसायमा प्रयोग गर्न सकिन्छ ।

हाम्रोमा बेरोजगारी छ । युवालाई उद्यमशिल बनाउन कसरी सकिन्छ ?
काम गर्ने भनेको आफ्नो क्षमता हेरेर हो । हरेकले आफ्नो क्षमता अनुसार गर्ने हो । बिदेशबाट आएको मानिस थाकेर कृषि क्षेत्रमा काम गरेका छन् । मैले जनकपुर तिर देखेको छु । सुरुमा चार पाँचवटा गाई पाल्ने त्यसपछि त्यसलाई विस्तार गर्दै लैजाने हो । उसले कृषि विकास बैंकबाट ऋण लिएर काम सुरु गरेको छ । कृषि क्षेत्रमा सानो कामबाटपनि उद्यमशिलताको विकास हुन्छ ।

तपाईको पहुँच छ र ऋण पाउनुहुन्छ । अरुलाई ऋण पाउन मुस्किल छ कसरी उद्यमशिलता विकास गर्ने ?
पहुँच भएर ऋण पाउने भन्ने होइन । मैलेपनि ऋण लिनको लागि धितो राख्नुपर्छ । अरुलाई जे नियम लाग्छ मलाईपनि त्यही नियम लाग्छ । उद्यमशिलताको लागि सहकारी मोडलबाट पनि काम गर्न सकिन्छ ।

कृषि क्षेत्रमा जहिलेपनि बजारको समस्या छ । कसरी काम गर्ने ?
यो समस्या हरेक क्षेत्रमा छ । उद्योगमा पनि छ अरु क्षेत्रमा छ । उत्पादन गर्ने र उपभोग गर्नेबीच बीचमा एउटा मध्यस्तकर्ता हुन्छ । हाम्रोमा बीचको मानिसको नाफा बढी छ । उद्योगी भन्नुहोस या किसान भन्नुहोस उत्पादन गर्ने व्यक्तिपनि शोषित छन् उपभोग गर्नेपनि शोषित छन् । बीचको मानिसलाई कम गर्दै लैजाने हो भने उत्पादक र उपभोक्ता दुवैलाई फाइदा छ ।

मध्ययस्तकर्ता अर्थात विचौलियालाई कम गर्ने उपाय के हुन सक्छ ?
हामी जस्ता उद्योग ४० देखि ५० वटा नेपालमा छ । भारतमा चार पाँच सय छ । यसमा बीचको मानिसको भूमिका ठूलो हुन्छ । यसमा सरकारले एउटा पसल खोलेर केही काम गर्न सक्छ ।

उत्पादकत्वबाट उपभोक्तासँग आउँदा कति प्रतिशत महंगो हुन्छ ?
यसमा तीनवटा लेयर हुन्छ । ३० प्रतिशत बढी लागत पर्छ । यसमा लागत जोडेर निकाल्ने हो । सिमेन्टमा पनि ३० रुपैयाँ महंगो हो । सिमेन्टमा ट्रान्सपोर्टमा बढी लागत लाग्छ ।

सबै व्यवसायी भएर त हुँदैन । काम गर्ने मानिस चाहिदैन ?
हाम्रो शिक्षा व्यवहारिक खालको छैन । सबैले पढेका छन् तर काम लाग्ने हुँदैन । यसको लागि व्यवसायिक तालिम दिने हुनुपर्छ । सरकारमा अहिलेपनि मानव संसाधन मन्त्रालयले हेर्नुपर्छ । हरेक देशमा मानव संसाधन हेर्ने मन्त्रालय हुन्छ हाम्रोमा त्यो मन्त्रालय नै छैन । आगामी १० वर्षभित्रमा हामीलाई कस्तो खालको जनशक्ति चाहिन्छ त्यो खालको उत्पादन गर्नुपर्छ । निजी क्षेत्रलाई पनि जनशक्ति चाहिन्छ । यसमा सरकाले अहिलेसम्म काम नै गरेको छैन । सबै दोष सरकारको पनि होइन हाम्रोपनि हो । यसको लागि कस्तो खालको शिक्षा चाहिने हो, त्यो अनुसारको तालिम केन्द्र खोल्नुपर्छ ।

यसको समस्या हामीले पनि दक्ष जनशक्ति पाएक छैनौ । हामीले भारतबाट जनशक्ति ल्याएर काम गरेका छौ ।

ऊर्जामा लगानी किन बढाउनु भएन ?
हामीसँग धेरै ठूलो ग्रुपमा बसेर काम गर्न बाँनी छैन । ४२ मेगावाटको आयोजना बनाउने भनेको बल्ल ट्रान्समिसन लाइन बन्दै छ । अनि कसरी अरु लगानी थप्ने ।

निजी क्षेत्र पारदर्शी छैन भन्ने आरोप छ नी ?
केही समय अगाडि त्यो थियो होला । अहिले कर कार्यालयले बैंकमा दिने ब्यालेन्ससिटलाई आधार मानेर हेर्ने गर्छ । उद्योग चलाउदा धेरै प्रकारका खर्च हुन्छ । मैले कुनै राजनीतिक दललाई चन्दा दिए भए मैले यसलाई खर्च देखाउन पाइदैन । चन्दालाई हामीले खर्च देखाउन पाएका छैनौं त्यसले व्यवसायीलाई निकै मार परेको छ ।


क्लिकमान्डु