स्वास्थ्य मन्त्रालयमा जस्तो बेथिति अन्यत्र छैन होलाः स्वास्थ्यमन्त्री थापा




स्वास्थ्य मन्त्रालयमा विषशेज्ञ डाक्टर भनेर ९औं, १० औं र ११ औ तह छन् । आठौं तहको मेडिकल अफिसर । आठौं तहमा दुई खालको डाक्टर हुन्छ । एउटा स्थायी र अर्काे छात्राबृत्ति करारको । आठौंदेखि ११ तहसम्मको जहाँ स्थायी हुदैन त्यहाँ हामीले करारमा लिन पाउछौं । यसो हुदाँ सामान्यत यहाँ आउने वित्तीकै कति जना डाक्टर छन् र ती कहाँ कहाँ कार्यरत छन् भन्ने सजिलै थाहा हुने भन्ने अनुमान गर्नुपर्ने हुन्छ ।

यो बाहिरबाट देखिने, बुझिने कुरा हो । तर वास्तविकता फरक रहेछ । आजका दिनसम्म यो मन्त्रालयलाई कति जना डाक्टर छन् भने थाहा छैन । यो मन्त्रालय अन्तरगतका कुनै निकाय वा अधिकारीलाई थाहा नै छैन । मैले संख्या मागेपछि अहिले डाक्टर खोजीरहेका छन् । अझै भेट्टिएको छैन ।

हाम्रो एउट सिस्टम छ । त्यो सिस्टमले २ हजारभन्दा बढी डाक्टर भएको देखाउछ । छात्राबृत्ति करारको डाक्टर विभागले खटाउछ । अर्काे कर्मचारी प्रशासनले गर्छ । हामीसँग ९औ र १० औ तहको डाक्टर कति छ भनेर माग्यो भने अहिले सुची तयार पारिदैछ । त्यो त एक ठाउमा हुनुपर्ने हो नि त । खासभन्ने हो भने त स्वास्था मन्त्रालयको वेबसाइटमा हुनुपर्ने हो । स्वास्थ्य मन्त्रालय अन्तरगतको यो तहको डाक्टर यहाँ कार्यरत छ भनेर जनतालाई जानकारी दिनु पर्ने हो । जाबो २ हजार डाक्टरको पनि विवरण राख्न नसकिने भन्ने त हुदैन ।

बर्षाैंदेखि बेथितिमा राखेको एउटा कुरा भयो ।

जस्तो रुम्जाटारको पिएचसीलाई १५ बेडे अस्पताल बनाइ दिएको रहेछ । अब त्यसलाई पिएचसी भनेर चिन्ने कि १५ बेडे अस्पताल भनेर चिन्ने ? स्वास्थ मन्त्रीको रुपमा रुम्जाटार अस्पतालले के के सेवा दिन्छ भनेर मैले सोध्न पाउनु पथ्र्याे, र जवाफ दिनेले यो यो सेवा दिन्छ भनेर भन्न सक्नु पथ्र्यो । यस्तो परिपाटीको विकास भएको भए समस्या नै आउदैनथ्यो ।

यो रेकर्ड किन नराखेको भन्ने कारणको पछाडि के नियत देखिन्छ भने रेकर्ड नै नभएपछि काठमाडौं छेउको जनस्वास्थ्य केन्द्र (पिएचसी) मा १० जना डाक्टर राखे पनि भयो, कहीकोमा एक जना पनि नराख्दा भयो । कुन डाक्टर कहाँ कार्यरत छ भन्ने जानकारी नै नभएपछि जसलाई जहाँ राखे पनि भयो । जति जना राखे पनि भयो । कसैले केही भन्न सक्ने कुरै भएन । बेथितीलाई बढावा दिन डाक्टरको तथ्यांक राख्ने गरिएको रहेछ ।

कुन डाक्टर कहाँ कार्यरत छ भन्ने तथ्यांक आएपछि बढी भएका ठाउबाट नभएको ठाउमा डाक्टर पठाउन सकिने भयो । मैले डाक्टर कति छन् र कहाँ कार्यरत छन् भनेर विवरण माग्नुको कारण नै यही हो ।

अर्काे समस्या के छ भने एउटा पिएचसी चलिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र बनायो । एउटा डाक्टर पुर्याउन सकेको छैन । अब त्यसलाई १५ बेडे अस्पताल बनाउने भन्यो । बनाइ नै दियो । १५ बेडे हुने वित्तिकै त्यसको अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट सर्वे (ओएनएम सर्बे) गर्नुपर्ने हुन्छ । कति दरबन्दी चाहियो भन्ने हुन्छ । यहाँ केही पनि छैन । १५ बेडे अस्पताल बनाइदिएको छ । कसैलाई ५० बेडे बनाइदिएको छ । भबन पनि छैन, उपकरण छैन, जनशक्ति पनि छैन । जम्मा कागजमा यति बेडे अस्पताल भनेको छ ।

अर्काे समस्या भनेको बेडको आधारमा अस्पताल बन्ने कुरा पनि रहेछ । मुख्य समस्या भनेकै यही रहेछ । जस्तो रुम्जाटारको पिएचसीलाई १५ बेडे अस्पताल बनाइ दिएको रहेछ । अब त्यसलाई पिएचसी भनेर चिन्ने कि १५ बेडे अस्पताल भनेर चिन्ने ? स्वास्थ मन्त्रीको रुपमा रुम्जाटार अस्पतालले के के सेवा दिन्छ भनेर मैले सोध्न पाउनु पथ्र्याे, र जवाफ दिनेले यो यो सेवा दिन्छ भनेर भन्न सक्नु पथ्र्यो । यस्तो परिपाटीको विकास भएको भए समस्या नै आउदैनथ्यो । तर यहाँ त कति बेडे छ भनेर प्रश्न सोध्ने र यति बेडे छ भनेर जवाफ दिने गरियो ।

स्वास्थ मन्त्रालय जस्तो भद्रगोल नेपालका अरु कुनै मन्त्रालय पनि छैन होला । म यसलाई सुधार गर्न लागि परेको छु । कहाँ कति डाक्टर कार्यरत छन्, कहाँ कति चाहिएको छ, नयाँ डाक्टरको उत्पादन कसरी बढाउने भन्ने जस्ता विषयमा हामी अहिले जसरी खटेर लागेका छौं,

हाम्रो परिभाषा अनुसार भरतपूरको अस्पताल जिल्ला अस्पताल हो । त्यसमा अहिले ६०० बेड चलिरहेको छ । हाम्रो परिभाषा अनुसार डडेल्धुराको अस्पताल उपक्षेत्रीय अस्पताल हो । त्यसमा ५०÷६० बेड होला । क्षेत्रीय भनिने अस्पतालहरुमा साइक्र्याटिक, न्यूरोसर्जन जस्ता सारा विषेशज्ञको दरबन्दी छ । कुनै अस्पतालको प्रमुखलाई मैले बोलाएर सोधे भने ६५ जनाको दरबन्दी छ ५ जनाको पूर्ति छ भन्छ । समस्या त्यहाँ छ ।

अर्काे यहाँको समस्या के हो भने ११ औं तहमा सयौं डाक्टरको खाली छ । त्यो तहमा करारमा डाक्टर आउदै आउदैनन् । जस्तो म यहाँ आउने वित्तीकै लोकसेवामा दौडेर नयाँ दरबन्दी थप ल्याएँ । एनेस्थेसेस डाक्टरको २५ जनाको दरबन्दी ल्याएँ । मागियो पनि । तर जम्मा डाक्टर आए २ जना मात्रै । जनरल सर्जन १५ जना खाली छ, ७/८ जना फेल भए । एमडिजीपीमा आवेदन नै परेन । करारमा पोस्टिङ गरेका डाक्टर पनि पोस्टिङ लिएर जादै गएनन् ।

९औ तहमा करारमा डाक्टरहरु आएका थिए । उसको इच्छा बीर अस्तपालमा बस्ने थियो । हामीलाई बीर अस्पतालमा डाक्टर चाहिएको थिएन । महाकालीलाई चाहिएको थियो । महाकालीमा पोस्टिङ गर्यो, जानै मान्दैन । अस्पताल खुलेका छन्, डाक्टर पठाउनै सकिएको छैन ।

न्याम्स खुलेका कारण हामीले थोरै भएपनि डाक्टर पाएका छौं ।

अब मैले सोचिरहेको कुरा यो बर्ष कम्तिमा पनि डेढसय जनालाई एमडिजीपी पढाउनु पर्यो । आज यो सुरु गरेपछि स्वास्थ्य मन्त्रालयसँग तीन बर्षपछि डेढसय जना एमडिजीपी हुन्छन् । डेढसय जना एमडिजीपी डाक्टर भएपछि जिल्ला अस्पताल भनिनेस्तरका अस्पतालहरुमा एमडिजीपी डाक्टर दिन सकिने भयो ।

स्वास्थ मन्त्रालयले मात्रै करिब ४ सय जनालाई पिजी पढाउनु पर्छ । अब अन्चल अस्पताहरुमै पढाउनु पर्छ । के पढाउने भन्दा हामीलाई जेजे विषयको डाक्टर चाहिन्छ, त्यही पढाउने । आफ्नै अस्पतालमा पढाउने, चाहिएको विषय पढाउने । कतिपय अवस्थामा निजी अस्पतालहरुमा पढाउनु पर्ने भयो भने पनि हामीले नै पैसा दिएर पढाउने । यसो गर्न सकेपछि मात्रै अवको ३ बर्षदेखि स्वास्थ्य मन्त्रालयलाई चाहिएको विषयको डाक्टर प्रत्येक बर्ष ३/४ सय डाक्टर उत्पादन हुन्छ ।

यसो गर्न सकियो भने मात्रै चाहिएको ठाउमा डाक्टर पुर्याउन सकिन्छ । र, आवश्यकता अनुसार डाक्टर उत्पादन गर्न सकिन्छ । यस्तो बेथितिको स्वास्थ्य मन्त्रालयले जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिनै सक्दैन । अहिलेको दिनमा भन्ने हो भने त नेपालको स्वास्थ्य सेवा भगवान भरोसामा चलेको रैछ । स्वास्थ मन्त्रालय जस्तो भद्रगोल नेपालका अरु कुनै मन्त्रालय पनि छैन होला । म यसलाई सुधार गर्न लागि परेको छु । कहाँ कति डाक्टर कार्यरत छन्, कहाँ कति चाहिएको छ, नयाँ डाक्टरको उत्पादन कसरी बढाउने भन्ने जस्ता विषयमा हामी अहिले जसरी खटेर लागेका छौं, यसले सकारात्मक परिणाम दिन्छ भन्नेमा आशाबादी भने छौं । कुराकानीमा आधारित