बीमा समितिलाई कानुनी रुपमा बलियो नियामक बनाउछुँः अध्यक्ष चापागाई



काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीबी चापागाँईले आज (बुधबार) आफ्नो पदभार सम्भालेका छन् ।

कार्यभार ग्रहण पछि अध्यक्ष चापागाईले समितिमा आयोजित स्वागत कार्यक्रममा समिति कानुनी रुपमा बलियो नरहेको बताए । उनले आफुसँग राष्ट्र बैंक जस्तो बलियो नियामकमा काम गरेको अनुभब भए पनि बीमा समिति त्यति बलियो रहेको आफुले नपाएको बताए ।

उनले आफ्नो पहिलो काम समितिलाई कानुनी रुपमा बलियो बनाउने हुने बताए । अहिले २७ वटा बीमा कम्पनी संचालनमा रहेको र केही नयाँ कम्पनी दर्ताको क्रममा रहेका छन् ।

‘बैंक र बीमा कम्पनीहरुसंगै आएपनि बीमाको पहुँच बिस्तार हुन सकेको छैन, अबको मुख्य उद्देश्य र चुनौति भनेकै बीमाको दायरा फराकिलो बनाउने हो र हुनुपर्छ,’ अध्यक्ष चापागाईले भने ।

कार्यक्रममा उपस्थित एकमात्र संचालक कपिलदेब ओलीले नव नियुक्त अध्यक्षलाई सहयोग गर्दै अगाडी बढ्ने बताए । बीमक संघका अध्यक्ष बिजयबहादुर शाहाले नबवनयुक्त अध्यक्षलाई बीमा क्षेत्रको विकासमा सहयोग गर्न बीमा कम्पनीहरु तयार रहेको धारणा राखे ।

‘नियामकको रुपमा तपाई सपना देख्नुहोस्, त्यसलाई साकार पार्न हामी हरसम्भब सहयोग गर्छौं,’ अध्यक्ष शाहले भने ।


क्लिकमान्डु