सगरमाथा इन्स्योरेन्सको २२ प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित




काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २० औंं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२ । ७३मा कम्पनीले एक अर्ब ११ करोडको प्रिमियम आर्जन गरी खुदनाफा २० करोड ६७ लाख आर्जन गर्न सफल भएको प्रतिबेदन पेश गरेका थिए ।
आब २०७२ । ७३को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर बितरण गर्ने र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव १५७ प्रतिशत नगद लाभांश बितरणको प्रस्ताव पारित गर्यो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले कम्पनीमा मोटर बीमा गराएका ग्राहकवर्गलाई छिटो छरीतो सेवा उपलब्ध गराउने उद्धेश्यले संचालनमा ल्याएको Sagarmatha VIP On The Spot योजना सकारात्मक प्रभाव देखीएको बताए ।


क्लिकमान्डु